विराटनगर । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका प्रमुख (महानिरीक्षक) राजु अर्यालबिच भेटवार्ता भएको छ ।
मंगलबार भएकाे भेटमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ ।