काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन्।
१५ चैतमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा नेता चयन गरेको नेकपाका सांसद रमेश मल्ल ले जानकारी दिए।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो।
संसदीय दलको नेता चयनपछि बैठकमा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन भइरहेको जनाइएको छ।