विराटनगर। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन्।
अर्थमन्त्री वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिको तीव्र विरोध गर्दै उनले वाग्लेलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै मन्त्रिपरिषद्बाट हटाउन आग्रह गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वाग्लेको नामै नलिई राष्ट्रियताविरोधी कदम चालेको आरोप लगाएका छन्।
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको कूटनीतिक दिव्योपदेश स्मरण गराउँदै उनले अर्थमन्त्री वाग्लेको तिखो आलोचना गरे।
प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष सम्बोधन गर्दै अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।
गएको कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले “नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकिएको” अभिव्यक्ति दिएका थिए।