सुदूरपश्चिममा हाई अलर्ट, प्रहरीको बिदा स्थगित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ चैत, २०८२
१ महिनाअघि

धनगढी – देशमा नयाँ सरकार गठन र पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशमा सुरक्षा निकायलाई हाई अलर्टमा बस्न निर्देशन दिइएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको हो। प्रहरी उपरीक्षक सागर बोहरा का अनुसार देशमा विकसित पछिल्लो अवस्था र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्देशन आएको हो।

उनले भने, “आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको छ। सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन दिइएको छ।”

राजधानीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सम्भावित सुरक्षा चुनौती बढ्ने आँकलन गरिएको छ। पक्राउको विरोधमा प्रदर्शन तथा आन्दोलन हुन सक्ने भएकाले प्रदेशभर सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले हुल तथा दंगा व्यवस्थापनसम्बन्धी अभ्यास सञ्चालन गर्नसमेत निर्देशन दिएको छ। साथै, सशस्त्र प्रहरी बलबाट पनि उच्च सतर्कतामा रहन निर्देशन आएको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनको छानबिनका लागि गौरीबहादुर कार्की अध्यक्षतामा गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो, जसपछिको विकसित अवस्थालाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको हो।

प्रकाशित समय: शनिवार १४ चैत, २०८२, ११:११:४०

सम्बन्धित खबर

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
२५ minutes

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

बिहिबार १७ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
१८ घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
२० घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
२१ घण्टाअघि
आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत
शुक्रबार १८ ब‌ैशाख, २०८३
हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
शुक्रबार १८ ब‌ैशाख, २०८३
बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु
शुक्रबार १८ ब‌ैशाख, २०८३
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०