नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ चैत, २०८२
३ महिनाअघि

इनरुवा। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला सर्वसम्मत रूपमा चयन भएका छन्।

सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौलालाई अध्यक्षमा चयन गरिएको हो।

Advertisement

अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्।

त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएके छन्।

यसैगरी सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन्।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल फोटो पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नवीन गड्तौलाको अध्यक्षता तथा कोसी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो।

कार्यक्रमको विशेषहरु अथिति कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, अथितिहरु, नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्षहरु, कृष्ण अधिकारी, अमर खड्का, जनकऋषि राई, वर्तमान अध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार सुविद गुरागाई लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको महत्व झनै बढ्दै गइरहेको सन्दर्भमा यस क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने आवश्यकता औँल्याएका थिए।

नवनिर्वाचित अध्यक्ष गड्तौलाले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा
शुक्रबार १२ असार, २०८३
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०