नगर प्रमुख गच्छदारको पहल: दुहबीमा स्वास्थ्य सेवा सुधारबारे स्वास्थ्य विज्ञहरुसँग छलफल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ चैत, २०८२
५ महिनाअघि

सुनसरी – दुहबी नगरपालिकामा स्वास्थ्य सेवा सुधार तथा व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। नगर प्रमुख वेद नारायण गच्छदारको पहलमा आयोजित उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशका विज्ञ चिकित्सकहरू, बेलायती राजदूतावास काठमाडौंका स्वास्थ्य विज्ञहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा डा. सुरेश मेहता, डा. दीपक कार्की, डा. सञ्जय नायक, डा. माइकल ओङ (बेलायत), डा. दीपक पौडेल कमल कोइराला तथा करुणा फाउन्डेसनसँग आबद्ध प्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, सेवा प्रवाह र दीर्घकालीन रणनीतिक योजनाबारे गहन छलफल गरेका थिए।

त्यसैगरी, उपमेयर मेनुका खतिवडा, प्रमुख प्रशासनिक अधिकृत सुमन घिमिरे, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर प्रसाद मेहता, उजित नारायण साह लगायतको उपस्थिति रहेको थियो।

नगर प्रमुख गच्छदारको सक्रिय पहलमा आयोजना गरिएको छलफलमा विशेषगरी आधारभूत अस्पताल सञ्चालनको दीर्घकालीन रणनीति, स्वास्थ्यकर्मीहरूको उचित व्यवस्थापन, एम्बुलेन्स सेवादेखि विशेषज्ञ चिकित्सकसम्मको जनशक्ति सन्तुलन तथा औषधि र सेवाको गुणस्तर सुधारका विषयमा केन्द्रित बहस भएको थियो।

नगरप्रमुख गच्छदारले संघीय सरकारले तोकेको ३२ जनाको दरबन्दी दुहबीको जनसंख्या र बिरामीको चापअनुसार अपर्याप्त रहेको उल्लेख गर्दै हालको अनुदानले स्वास्थ्यकर्मीहरूको एक महिनाको तलबसमेत धान्न नसक्ने अवस्था रहेको बताए। उनले यस्तो चुनौती समाधानका लागि पब्लिक–प्राइभेट पार्टनरसिप (PPP) मोडेल अपनाउनु अनिवार्य भएको धारणा राखे।

उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा स्पष्ट नीतिनियम, पर्याप्त अनुदान, प्रभावकारी स्वास्थ्य बिमा, सेवा भुक्तानी प्रणाली तथा सञ्चालन व्यवस्थामा सुधार आवश्यक रहेको औंल्याए। साथै गर्भावस्थादेखि दुई वर्षसम्मका बालबालिकाका लागि आवश्यक पोषण, सुरक्षित पानी तथा अस्पतालको फोहोर व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए।

प्रमुख प्रशासनिक अधिकृत सुमन घिमिरेले आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक ९ मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गर्दै कम्तीमा दुईजना एमडी डाक्टर, स्त्रीरोग तथा बालरोग विशेषज्ञ र मिनी अपरेशन सेवा अनिवार्य हुनुपर्ने बताए। उनले यी विषयहरूलाई संघीय नीतिमा समावेश गर्नुपर्ने सुझाव पनि दिएका छन्।

विज्ञ टोलीले पोषण, शुद्ध खानेपानी र बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘प्रोएक्टिभ’ योजना अघि बढाउनुपर्नेमा जोड दिएको छ। दुहाबी नगरपालिकाको रणनीतिक योजना सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाइएको छ।

छलफलपछि विज्ञ टोलीले दुहबी नगरपालिकाको आधारभूत अस्पतालको निरीक्षणसमेत गरेको थियो।

नगरपालिकाले स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन रणनीति अघि बढाउँदै जनतालाई गुणस्तरीय, पहुँचयोग्य र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित समय: आईतबार ८ चैत, २०८२, २०:३५:०७
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०