काठमाडौँमा २० हजार विद्यार्थीको आँखा जाँच, महानगर–नेपाल आँखा अस्पतालबीच सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
५ महिनाअघि

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरूको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पताल सँग सम्झौता गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभाग प्रमुख दीपककुमार के.सी. तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि डंगोलले पछिल्लो समय बालबालिकामा अत्यधिक मोबाइल प्रयोगका कारण दृष्टि समस्या बढ्न सक्ने भएकाले समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताइन्। उनका अनुसार सामुदायिकसँगै संस्थागत विद्यालयका विद्यार्थीहरूको पनि आँखा परीक्षण गरिनेछ।

सम्झौताअनुसार अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरूको आँखा जाँच गर्नुपर्नेछ। परीक्षणपछि आवश्यक औषधि उपलब्ध गराइनेछ भने आवश्यक परे विद्यार्थीलाई चस्मा समेत प्रदान गरिने व्यवस्था गरिएको छ।

महानगरले यस कार्यक्रमलाई बालस्वास्थ्य प्रवर्द्धनका लागि महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

प्रकाशित समय: शुक्रबार ६ चैत, २०८२, १०:१३:३७
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०