काठमाडौं —मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा शनिबार चिनियाँ राष्ट्रपति सि जिनपिङको पुस्तक जलाएको घटनाका सम्बन्धमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालय मार्फत प्राप्त पत्रका आधारमा घटनाबारे अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
सि जिनपिको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको विषयमा चीनले कूटनीतिक रूपमा ध्यानाकर्षण गराएको थियो।
यससँगै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो।