पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत जाँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
५ महिनाअघि

काठमाडौं । नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन्।

नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ।

नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्च १२, १३ र १४ मा उक्त समिट आयोजना हुँदैछ। समिटमा भट्टराई ‘विशेष अतिथि’का रूपमा सहभागी हुनेछन्।

आयोजकका अनुसार समिटमा विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा प्रतिष्ठित शैक्षिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ।

विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ।

समिटका क्रममा मार्च १४ मा भट्टराईले ‘कृत्रिम बुद्धिमत्ताको युगमा लोकतन्त्र : डिजिटल सुशासन र युवा’ शीर्षकको सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

उनी सोही दिन अर्थात् मार्च १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित समय: मङ्गलबार २६ फाल्गुण, २०८२, १८:१६:४४
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०