इरानका नयाँ सर्वोच्च नेता बने मोज्तबा खामेनी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ फाल्गुण, २०८२
७ महिनाअघि

तेहरान — अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता नियुक्त भएका छन्।

८८ जना धर्मगुरु सदस्य रहेको विज्ञहरूको सभा ले आइतबार मतदानमार्फत मोज्तबा खामेनीलाई इरान को तेस्रो सर्वोच्च नेता चयन गरेको हो। उक्त सभाले विज्ञप्ति जारी गर्दै नयाँ सर्वोच्च नेता नियुक्त गरिएको पुष्टि गरेको छ।

Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार अमेरिका र इजरायल सँग जारी युद्धकै बीच गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिको पकड अझै मजबुत रहेको संकेत गरेको छ।

इरानमा सर्वोच्च नेताको पदलाई राज्यको सबैभन्दा शक्तिशाली पद मानिन्छ। यस पदमा रहने व्यक्तिसँग देशका सुरक्षा, सैन्य, विदेश नीति तथा प्रमुख राजनीतिक निर्णयमा अन्तिम अधिकार रहने व्यवस्था छ।

मोज्तबा खामेनी लामो समयदेखि इरानको सुरक्षा संयन्त्र र आर्थिक सञ्जालभित्र प्रभावशाली व्यक्तिका रूपमा चिनिँदै आएका छन्। आफ्ना पिता अली खामेनीको नेतृत्वमा रहेको शक्तिशाली संरचनाभित्र उनी प्रभावशाली भएकाले सम्भावित उत्तराधिकारीका रूपमा पहिलेबाटै चर्चामा थिए।

यसैबीच डोनाल्ड ट्रम्पले इरानमा नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने धारणा राख्दै आएका थिए। अली खामेनी मारिएपछि उनले इरानी जनतालाई सत्ता नियन्त्रणमा लिन अपिलसमेत गरेका थिए।

ट्रम्पले इरानको नयाँ नेतृत्व अमेरिकाले स्वीकार गर्न सक्ने हुनुपर्ने बताउँदै त्यसो नभए नयाँ नेतृत्व धेरै समय टिक्न नसक्ने टिप्पणी गरेको रोयटर्सले जनाएको छ।

उता इजरायलले भने नयाँ सर्वोच्च नेता चयन हुनुअघि नै जोसुकै नेता बने पनि उसलाई निशाना बनाउन सकिने चेतावनी दिएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
४ हप्ताअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ महिनाअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
३ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
३ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
४ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
४ महिनाअघि
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०