काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शिशिर खनाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।
खनालले २७ हजार ९१६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का कृष्ण बानियाँ ले ६ हजार ६६७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमन कुमार मास्के तेस्रो स्थानमा रहँदै ४ हजार ५१८ मत प्राप्त गरेका छन्।
खनालले करिब २१ हजार मतान्तरले विजय हासिल गरेका हुन्।