काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ।
धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी कालोसूचीकै कारण खारेज भएपछि कलवार पनि सोही सूचीमा रहेको तथ्य खुलेको हो।
कर्जा सूचना केन्द्रको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो, जुन हालसम्म कायमै रहेको देखिन्छ।
निर्माण व्यवसायमा संलग्न उनीमाथि विभिन्न ठेक्का लिएका आयोजना अलपत्र पारेको आरोप समेत लाग्ने गरेको छ।
यसअघिको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका कलवार हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले पराजित भएका थिए। यस पटक भने उनले रास्वपाबाट उम्मेदवारी दिएका छन्।