मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १९ फाल्गुण, २०८२
४ महिनाअघि

काठमाडौँ— बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचार–प्रसार अवधि सोमबार मध्यरात १२ बजेबाट सकिएको हो।

निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार मध्यरातसम्म प्रचारको समय दिएको थियो। मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ।

Advertisement

मौन अवधिमा के–के गर्न पाइँदैन ?

मत माग्न, प्रचार गर्न वा भेला–सभा आयोजना गर्न

भाषण, छलफल, समीक्षा वा जुलुस गर्न

सामाजिक सञ्जाल (एसएमएस, फेसबुक, भाइबर आदि) मार्फत मत माग्न

निर्वाचनलाई प्रभाव पार्ने आर्थिक कारोबार गर्न

उम्मेदवार वा दलको पक्षमा समाचार, सूचना वा प्रचार सामग्री प्रकाशन/प्रसारण गर्न

मतदान केन्द्रको ३०० मिटर वरिपरि प्रचार सामग्री राख्न

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेको पाइए उम्मेदवारी खारेजी मात्र होइन, छ वर्षसम्म निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कारबाही हुन सक्छ।

आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिप्रति ‘शून्य सहनशीलता’ अपनाइने स्पष्ट पारेको छ। मौन अवधिले मतदातालाई स्वतन्त्र र निष्पक्ष वातावरणमा सोच–विचार गरी मतदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस अवधिमा निर्वाचन व्यवस्थापन, सुरक्षा बन्दोबस्त, मतदान केन्द्र तयारी तथा शान्ति–सुरक्षा अवस्थाको मूल्याङ्कन जस्ता कार्यलाई प्राथमिकता दिइन्छ। विश्वका कतिपय देशमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने चलन रहेको छ।

आयोगले उम्मेदवार, दल र सम्बन्धित सबैलाई मौन अवधिमा आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०