एनएसडब्लु कराँतेमा एभरेस्ट एकेडेमीको तीन पदक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
६ महिनाअघि

सिड्नी, अष्ट्रेलिया— एभरेस्ट मार्शल आट्र्स एकेडेमीले अष्ट्रेलियाको प्रतिष्ठित ‘एनएसडब्लु (न्यू साउथ वेल्स) स्टेट अल स्टाइल कराँते च्याम्पियनसिप २०२६’ प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ।

एकेडेमीले आफ्नो पहिलो सहभागितामै दुई स्वर्ण र एक रजत पदक जित्दै उल्लेखनीय उपलब्धि हात पारेको हो।

एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नुभयो। त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा लक्ष्मी भट्टले उत्कृष्ट खेल प्रदर्शन गर्दै अर्को स्वर्ण पदक जित्नुभयो।

उदीयमान खेलाडी आयत महर्जनले ८–९ वर्षको जुनियर विधामा कडा प्रतिस्पर्धाबीच रजत पदक जित्दै भविष्यको सम्भावनाशील खेलाडीका रूपमा आफूलाई स्थापित गर्नुभयो।

एकेडेमीले यस ऐतिहासिक उपलब्धिको श्रेय खेलाडी तथा प्रशिक्षकहरूको कडा परिश्रम, मेहनत र अनुशासनलाई दिएको छ। एनएसडब्लुमा छोटो समयमै राम्रो प्रगति गर्न सफल भएको एकेडेमीले जनाएको छ।

मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनको अथक परिश्रम र नेतृत्वका कारण यो उपलब्धि सम्भव भएको भन्दै एकेडेमीले उहाँको विशेष प्रशंसा गरेको छ। पहिलो सहभागितामै तीन पदक जित्नुले विदेशमा पनि नेपाली मार्शल आट्र्सको स्तर अझ उचाइमा पुग्ने स्पष्ट संकेत दिएको एकेडेमीको विश्वास छ।

प्रकाशित समय: आईतबार १७ फाल्गुण, २०८२, १०:१४:५०
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०