अन्तिम कारोबार दिन नेप्सेमा सुधार, परिसूचक ८.९७ अंकले बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
५ महिनाअघि

काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधारिएको हो।

बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले वृद्धि भएको छ।

Advertisement

कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ। बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको शेयर मूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले बढ्दा खानी खोला हाइड्रोपावरको मूल्य ७ प्रतिशतले उकालो लागेको छ।

यता, कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो, जसको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख रुपैयाँ तथा रिडी पावरको करिब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उपसमूहगत रूपमा १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन्। विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेको छ। अन्य उपसमूहमा सामान्य वृद्धि देखिएको छ।

यता, होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.६५ प्रतिशतले घटेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता

शनिवार २० असार, २०८३
१ दिनअघि

सुनवर्षी नगरपालिकाले सार्वजनिक गर्‍यो २०८२/८३ को बजेट : शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा र सुशासनमा विशेष जोड

शुक्रबार १२ असार, २०८३
१ हप्ताअघि

देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ

बुधबार १० असार, २०८३
२ हप्ताअघि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार १० असार, २०८३
२ हप्ताअघि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

मङ्गलबार ९ असार, २०८३
२ हप्ताअघि

११ महिनामै ३८ अर्बको धानचामल आयात

सोमबार ८ असार, २०८३
२ हप्ताअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०