मतदाताको प्रश्नमा कांग्रेसका सुनील शर्मा अक्क न बक्क !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
५ महिनाअघि

उसै पनि प्रत्येक निर्वाचनमा उम्मेदवारहरूप्रति मतदाताले एउटै आरोप लगाउँछन्, “चुनाव लागेपछि गाउँ पस्छ ।” मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार सुनील शर्माले यस्तो आरोप खेप्नु परेको छैन । तर, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट लगातार तेस्रो पटक उम्मेदवार बन्ने तरखरमा रहेका शर्मा छुट्टै किसिमको आरोपले हैरान छन् ।

उनलाई प्रत्येक निर्वाचनमा एउटै मात्र आक्षेपले सताउँछ, त्यो हो आफ्ना अस्पतालहरूमा आफूले चुनाव लड्ने क्षेत्रका बिरामीहरूलाई मात्र आफ्ना छुट दिने । अनि, आफ्ना मतदाताहरूलाई मात्र जागिर दिने । समग्रमा यसको एउटै अर्थ हो, भोटको राजनीति गर्नु । हो यही प्रश्न शर्मामाथित त्यहाँका जेनजी युवाहरूले बर्साउन थालेका छन् ।
चुनाव लागेसँगै आफ्नो क्षेत्र चहारिरहेका शर्मालाई केही दिनअघि एक युवाले यस्तैखाले प्रश्न तेर्स्याएका थिए । युवाको प्रश्नले हच्किएर अक्क न बक्क बनेका शर्मा अनुत्तरितसमेत भए ।

Advertisement

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मोरङ–३ का विभिन्न क्षेत्रमा केही कार्यकर्तालाई लिएर उनी घरदैलोमा निस्किएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेभन्दा अघि कुनै पनि उम्मेदवार, राजनैतिक दल वा तिनका भ्रातृ संघ, संगठन अन्य निकाय तथा सर्वसाधारण कसैले पनि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारले प्रचार प्रसार गर्न पाइने छैन भनेको छ ।

तर, शर्माले भने घरदैलो अभियान भनेर खुलस्त रूपमा घरदैलो अभियान भन्दै सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विराटनगरको नोबेल अस्पताल र काठमाडौंको केएमसी अस्पताललाई आडमा भोट माग्दै कहिले स्कुटर चढेर त कहिले निःशुल्क उपचार गराइदिने नाममा घरदैलो गरिरहेका शर्मामाथि आयोगमा उजुरीसमेत परेको छ ।

युवा उम्मेदवारसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्न लागेका शर्मा निर्वाचनमा पराजय भोग्ने डरले हतासिन थालेका छन् । देशव्यापी माहोल तताउँदै गरेको रास्वपाका उम्मेदवार गणेश कार्कीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका शर्मालाई पैसा बाँडेर मतदाता प्रभावित पार्न खोजेको आक्षेपसहित उजुरी परेको हो ।

आफ्ना अस्पतालमा निर्वाचन क्षेत्रका बिरामीलाई ५० प्रतिशतसम्म छुटको घोषणा गरेर मतदाता रिझाउन ब्यस्त बनेका शर्मा जित सुनिश्चित भएको दाबीसहित ७० हजार मत कट्ने आँकलन गर्छन् ।

२०७४ को चुनावअघि आफ्नो निर्वाचन क्षेत्रका जनताको नागरिकता हेर्दै अस्पतालमा छुट दिन थाले पनि शर्मा एमालेका भानुभक्त ढकालसँग पराजित भएर संसद प्रवेश गर्नबाट रोकिएका थिए । तर, २०७९ सालमा भने शर्माको सोही जुक्तिले काम ग¥यो । नभन्दै उनी ढकाललाई नै फराकिलो मतले पराजित गर्दै संघीय संसद छिर्न सफल भए ।

प्रतिनिधिसभाको चुनाव जितेमा स्वास्थ्य मन्त्री बन्छन् कि भन्ने अड्कलबाजी गरिए पनि शर्मा मन्त्री बनेनन् । बरु, कांग्रेसको एउटा खेमातिर लागेर आफ्नो पार्टी सम्मिलित सरकारविरुद्ध धावा बोलिरहे । राजनीतिक अस्थिरता निम्त्याउने खेलमा संलग्न रहेका शर्माको विगत त्यति सफा छैन ।

आफ्ना व्यवसायिक साझेदारलाई छल गरेर अस्पताल हत्याएका शर्मा दुई वर्षअघि मात्र शर्मा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका थिए । एसएलसी फेल राजेन्द्रकुमार शर्माबाट एकाएक नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सुनील शर्मा बनेका उनीमाथि २०७३ सालमै सिआइबीको अनुसन्धान थालेको थियो । तर, त्यसबेला उनी जापान र दुबईमा लामो समयसम्म लुकेर बसेका थिए ।

पछि, राजनीतिक संरक्षणमा अनुसन्धान मत्थर बनाएर उनी नेपाल फर्किएका थिए । कांग्रेससँग नजिकको सम्बन्ध बनाएका शर्माले राजनीति र पैसाको पहुँचमा त्योलगायत धेरै अपराधमा उन्मुक्ति पाएका थिए । चिकित्सा क्षेत्रका विवादित व्यवसायी मानिने शर्मा लगातार दोस्रोपटक संघीय संसद छिर्ने दाउमा छन् । उसो त उनका निकटम् प्रतिद्वन्द्वी मानिने भानुभक्त ढकाल तेह्रथुमबाट चुनाव लड्ने तरखरमा छन् ।

तथापि, जेनजी युवाहरूको समर्थन रहेको रास्वपाले पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन साहका सल्लाहकारसमेत रहिसकेका गणेश कार्कीलाई चुनावी मैदानमा उतारेको छ । जुन कुरा सुनील शर्माका लागि ठुलै चुनौती बन्नसक्ने देखिएको छ ।

किनकि, केही समयअघि सुनील शर्माले सहजै चुनाव जित्छ भन्ने सोच बनाएका कांग्रेस कार्यकर्ताले कडा प्रतिस्पर्धा हुने अड्कल काट्न थालेका छन् ।

रास्वपाको बढ्दो क्रेजका कारण चुनाव नकिँदै जाँदा शर्मा पराजित हुने पो हुन् कि भन्ने संशय पाल्न थालेका छन् । यसै कारण हुन सक्छ, शर्माले आफ्नो क्षेत्रमा भएका जेनजी, अगुवा र अभियन्तालाई रिझाउनका लागि हरसम्भव कोशिस गरिरहेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०