विराटनगर । न्यायाधीश हरि फुयाँल र विवादित व्यक्ति इनाम सापकोटाबीचको सम्बन्धबारे समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतमा तरङ्ग उत्पन्न भएको छ।
फुयाँलले सापकोटासँग आफू मात्रै नभई सात जना न्यायाधीशले सामूहिक भेट गरेको खुलासा गरेपछि विवाद थप चर्किएको हो।
यसैबीच प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज इजलास बस्नुअघि सर्वोच्चका सबै न्यायाधीशको फुलकोर्ट बैठक बोलाएका हुन्।
प्रधानन्यायाधीश शर्मासमेत विवादमा तानिएका छन्। उनी र रास्वपाका सांसद विश्वराज पोखरेलको नाउँमा अमेरिकामा पैसा जम्मा भएको कागजात सार्वजनिक भएको छ।