काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु सात हजार ६५ निर्धारण गरिएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख ३९ हजार ३०० र चाँदी रु सात हजार ५०५ मा कारोबार भएको थियो।
त्यसैगरी, गत बुधबार सुनको मूल्य प्रतितोला रु तीन लाख १८ हजार ८०० र चाँदी रु सात हजार ३०० रहेको थियो। मङ्गलबार सुन रु तीन लाख नौ हजार ३०० तथा चाँदी रु छ हजार ८७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ अमेरिकी डलर मा कारोबार भइरहेको छ।