खोटाङको जालपामा पहिलोपटक क्रिकेट प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ माघ, २०८२
५ महिनाअघि

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ११ जालपामा अवस्थित जालपा माध्यमिक विद्यालयले शुक्रबार सरस्वती पूजाको अवसरमा क्रिकेट खेल आयोजना गरेको छ । विद्यालयको खेल मैदानमा भएको रोमाञ्चक खेलमा शिक्षक टिम र विद्यार्थी टिमबीच प्रतिस्पर्धा भएको थियो

जालपाको इतिहासमै पहिलो पटक शुरुवात भएको खेलमा शिक्षक टिम र विद्यार्थी टिम आमनेसामने भएका थिए ।
खेलको शुरुवातमा पहिले टस जितेर ब्याटिङ गरेको शिक्षक टिमले १० ओभरमा ८ विकेट गुमाएर २२ रन बनाएको थियो। शिक्षक टिमको लागि कप्तान राजेन्द्र अधिकारी ले सर्वाधिक १४ रन बनाउँदै टिमलाई विजयी सुरुवात दिलाए।

Advertisement

२३ रनको लक्ष्य पछ्याएको विद्यार्थी टिम ९.४ ओभर खेल्दै १७ रनमै अलआउट हुन पुग्यो । शिक्षक टिमका राजेन्द्र अधिकारी र कृष्ण गिरी ले समान ३–३ विकेट लिएर विद्यार्थी टिमलाई कम स्कोरमा रोक्न सफल भए।

क्रिकेटको औपचारिक सुरुवात र सरस्वती पूजाको अवसरमा वडा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, जालपा प्रहरी र नगर अस्पतालका प्रतिनिधिहरूले पनि सहभागिता जनाए।

विद्यालयले यस कार्यक्रममार्फत विद्यार्थीमा अनुशासन, टोली भावना र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०