टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० भदौ, २०८२
८ महिनाअघि

सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर श्रफले ठूलो सफलता हासिल गरेका थिए। त्यसपछि निर्माता साजिद नाडियाडवालाले यो सिरिजलाई फ्रेन्चाइजमा लैजाने निर्णय गरे। सन् २०१८ मा आएको “बागी २” ब्लकबस्टर बन्न सफल भयो । सन् २०२० मा महामारी सुरु हुनुअघि रिलिज भएको “बागी ३” ले त्रयीलाई पूर्णता दियो। पाँच वर्षपछि टाइगर श्रफ फेरि एकपटक ‘रोनी’ बनेर “बागी ४” लिएर फर्किन लागेका छन्।

भारतीय मिडिया पिङ्कभिला अनुसार, फिल्मको ट्रेलर शनिबार भदौ १४ गते (अगस्ट ३०, २०२५) भव्य रूपमा सार्वजनिक हुने भएको छ। “बागी ४” भदौ महिनाको २० गते (सेप्टेम्बर ५) शुक्रबारका दिन प्रदर्शनमा आउने भएको छ।

फिल्मका निर्देशक के. हर्षाले बागी ४ लाई “पश्चिमी ढंगका (आर -रेटेड) फिल्म” जस्तो भनेका छन्। यसको मतलब, फिल्ममा अघिल्ला तीन भागभन्दा बढी रियलिस्टिक, कडा र तीव्र एक्शन दृश्य रहनेछन्, जसले परिवारमैत्रीभन्दा बढी वयस्क दर्शकलाई लक्षित गर्नेछ।

फिल्म “बागी ४” बाहेक, अभिनेता टाइगर श्रफका दुई अन्य फिल्म पनि लाइनअपमा छन्। सचिन रवीद्वारा निर्देशित र मुराद खेतानीको निर्माणमा बन्ने उच्च-कन्सेप्ट एक्शन फिल्म अक्टोबरदेखि सुरु हुनेछ भने करण जौहरको निर्माण र राज मेहताको निर्देशनमा बन्ने फिल्म “लग जा गले” नोभेम्बरको दोस्रो भागदेखि फ्लोरमा जानेछ। अर्कोतर्फ, निर्माता साजिद नाडियाडवालाकै शाहिद कपुर र विशाल भारद्वाजको फिल्म पनि डिसेम्बरमा रिलिज हुने तय भएको छ।

प्रकाशित समय: मङ्गलबार १० भदौ, २०८२, ०६:४८:०६

सम्बन्धित खबर

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज

शनिवार ५ ब‌ैशाख, २०८३
६ घण्टाअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
२२ घण्टाअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
२४ घण्टाअघि

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

शुक्रबार ४ ब‌ैशाख, २०८३
१ दिनअघि

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

शुक्रबार ४ ब‌ैशाख, २०८३
१ दिनअघि

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए

शुक्रबार ४ ब‌ैशाख, २०८३
१ दिनअघि
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०