विराटनगर । राजनीतिमा महिलाको सहभागिता र नेतृत्व प्रवर्द्धन गर्ने उद्देश्यले ‘कल्प इम्पावर वेमेन नेपाल’ले “शी लिड्स आइकन”काे दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गरेकाे छ ।
देशभरका स्थानीय तहमा निर्वाचित महिला प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूमध्येबाट ३१ जना छनाेट गरेका हाे ।
“शी लिड्स आइकन” कल्प इम्पावर वेमेन नेपालको ‘राजनीतिमा महिला’ परियोजना अन्तर्गतको कार्यक्रम हो ।
दाेस्राे संस्करणका लागि १३१ जना महिला जनप्रतिनिधिले आवेदन दिएका थिए । जसमध्ये प्रक्रिया पूरा भएका १११ आवेदनमाथि मूल्यांकन गरिएको थियो ।
नेतृ अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चड्ढा र लैंगिकता तथा समानता विशेषज्ञ सरु जोशी रहेकाे निर्णायक मण्डलले ३१ जनालाई छनोट गरेको थियाे ।
प्रदेशगत रूपमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५, बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिम प्रदेशबाट ५ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोटमा परेका छन् ।
आयोजक संस्था कल्पकी अध्यक्ष पुजा कोइरालाका अनुसार छनोट भएकाहरु मध्येबाट ७ जनालाई आइकन घोषणा गरिनेछ । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट गरिनेछ ।
यी हुन् छनाेट भएकाहरु
कोशी प्रदेशबाट
प्रमिला राई, भोजपुर, षडानन्द नगरपालिका, उपप्रमुख
बिपना कुलुंग, सोलुखुम्बु, महाकुलुङ गाउँपालिका, उपाध्यक्ष
विष्णु कुमारी लिम्बु, इलाम, इलाम नगरपालिका, उपप्रमुख
सबिता राई, सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका, उपाध्यक्ष
मधेश प्रदेशबाट
विद्या देवी भुजेल, धनुषा, धनुषाधाम नगरपालिका, उपप्रमुख
कल्पना कुमारी कटुवाल, सर्लाही, बरहथवा नगरपालिका, प्रमुख
गिता चौधरी, सप्तरी, सुरुङ्गा नगरपालिका, प्रमुख
गोकुली कुमारी रेग्मी, पर्सा, ठोरी गाउँपालिका, उपाध्यक्ष
रीना कुमारी साह, रौतहट, मौलापुर नगरपालिका, प्रमुख
बागमती प्रदेशबाट
सिता माया गुरुगं, धादिङ, नेत्रावती डबजोङ गाउँपालिका, उपाध्यक्ष
गायत्री आचार्य, दोलखा, मेलुङ गाउँपालिका, उपाध्यक्ष
मिठुदेवी लामा, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका, उपाध्यक्ष
मीना कुमारी लामा, मकवानपुर, हेटौंडा उप-महानगरपालिका, प्रमुख
बाल कुमारी कार्की (थापा), रामेछाप, रामेछाप नगरपालिका, उपप्रमुख
गण्डकी प्रदेशबाट
हिरादेवी शर्मा, पर्वत, मोदी गाउँपालिका, अध्यक्ष
भागवती रेग्मी अर्याल, स्याङ्जा, भिरकोट नगरपालिका, उपप्रमुख
पद्मा गुरुङ, लमजुङ, बेसीशहर नगरपालिका, उपप्रमुख
चन्द्रकला अधिकारी, कास्की, अन्नपूर्ण गाउँपालिका, उपाध्यक्ष
लुम्बिनी प्रदेशबाट
विना कुमारी भट्टराई, बर्दिया, ठाकुरबाबा नगरपालिका, उपप्रमुख
हुमा कुमारी डि.सी., दाङ, घोराही उप-महानगरपालिका, उपप्रमुख
निरमाया तरामु, गुल्मी, सत्यवती गाउँपालिका, उपाध्यक्ष
मिना थापा, रोल्पा, सुनिलस्मृति गाउँपालिका, उपाध्यक्ष
कर्णाली प्रदेशबाट
देविका कुमारी सिंह, जाजरकोट, कुशे गाउँपालिका, उपप्रमुख
मोहनमाया ढकाल भण्डारी, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका, प्रमुख
धर्मकला शाही, कालिकोट, शुभकालिका गाउँपालिका, उपाध्यक्ष
सिता जैसी, जाजरकोट, भेरी नगरपालिका, उपप्रमुख
सुदूरपश्चिम प्रदेशबाट
जमुना कुमारी बोहरा, डोटी, जोरायल गाउँपालिका, उपाध्यक्ष
सुशिला शाही, कैलाली, लम्कीचुहा नगरपालिका, प्रमुख
ज्ञानु कुमारी सेटी देउबा, डडेल्धुरा, गन्यापुधरा गाउँपालिका, उपाध्यक्ष
डोल्मा तामाङ्ग, बझाङ्ग, साइपाल गाउँपालिका, उपाध्यक्ष
लक्ष्मी धामी (रोकाया), डोटी, आदर्श गाउँपालिका, उपाध्यक्ष