टीकाराम यात्रीलाई प्रश्न : स्वास्नीमान्छेमाथि अपराध गर्न पाउनुपर्छ भन्ने भाष्यलाई किन जोडबल ?

सीमा आभास
बुधबार २९ साउन, २०८२
९ महिनाअघि

टीकाराम यात्रीजी तपाईंका थुप्रै पडकाष्ट हेरेकी छु। म जस्तै थुप्रै दर्शक छन्, तपाईंका । तपाईंको सम्पति भनेको दर्शकले दिएको सम्मान पनि हो । तर तपाईंको एउटा कार्यक्रममा एकजना नुवाकोटे बाजेलाई ल्याउनु भएको छ ।

बाजेले भन्नु भएको छ, “पढेको एम ए पढेको पिएचडि गरेको डाक्टरले नपढेका स्वास्नीसँग निर्वाह गर्छ के । तर श्रीमती पढेर जागिर खाएकी छन् भनेँ लोग्ने चेन्ज कतिखेर गर्ने भनेर सोचेर हिँड्छिन् । स्टेण्डर मिल्दैन । मेरो भाइ भतिजो पर्ने एउटाले एस एलसी पास गरेकी श्रीमतीले नर्सिङ पढ्छु भनेर आफूले दुखसुख गरेर नर्सिङ पढाएको नर्सिङ पढिसकेपछि डाक्टरसँग बिहे गरिन् । किन भनेँ स्टेण्डर मिल्दो रैन छ । त्यसैले छोरी मान्छेहरुमा एकजना छोरी मान्छेले हाकिम भएर खाएका हाकिमका श्रीमान्हरुले राम्रो लुगा लगाइदिएर तिमी मेरो श्रीमान बन भनेर म चै मैले भेटेको छैन सर । त्यसैले सबभन्दा पहिले केटी मान्छेलाई श्रीमतीलाई रुप भएको केटो चाहिन्छ । त्यसपछि त्यसलाई स्वाउँदो योग्यता भएको हुनु परो । बाउबाजेको भए पनि धन हुनुपर्यो । अहिले त अझ कार हुनुपर्यो । कार पनि अलि माथिको हुनुपर्यो ।(यहिबीचमा तपाईंको मुस्कान) के भनेको छ भनेँ स्त्रीमान्छेले छोरीमान्छे जतिले पहिला उमेरमा श्रीमान चाहान्छन् । जब श्रीमान भेटिन्छ त्यसपछि गहना खोज्छिन् । अब अहिले आठदश तोला गहना नभइ श्रीमती ल्याउन नपाउने भयाे । दुइ लाख तोला गहना पुगिसकेको छ कसले किन्छ ।” ति बाजेले भिडियो क्लिपमा बोलेको कुरा जस्ताको तस्तै लेखेकी हुँ ।

के नेपाली समाजका स्वास्नीमान्छे यिनै बाजेले भनेका जस्ता मात्रै छन् ?

बाजेसँग मेरो गुनासो र प्रश्न दुबै छैन । तपाईंसँग बिशेष प्रश्न छ- यस्ता सोच भएका मान्छेलाई किन ल्याउनु भएको ? तपाईंको चर्चित कार्यक्रममा यस्तो बोल्ने मान्छेलाई ल्याएर महिलाको हुर्मत लिन तपाईंलाई केले अभिप्रेरित गरेको हो ?
नपढेकी/कम पढेकी केटी र पढेको/जागिरे केटाबीच बिहे सम्भब हुने थुप्रै कारण छन् ।

पढेकी/जागिरे स्वास्नी र नपढेको/कमपढेको/बेरोजगार/कम कमाउने केटाको बीचमा खटपट आउने झनै धेर सम्भावना छन् ।

स्वास्नीले लोग्नेका नाउँमा सिन्दुरपोते लगाउँछन् । ब्रत बस्छन् । लोग्नेका घरमा गएर उसका बाउआमा लगायतका सबैको सेवा गर्छन् । पकाउने, भाँडा मोल्ने, सरसफाइ गर्ने, लुगा धुने, पाहुना सत्कार गर्ने लगायतका सारा काम गर्छन् । आफूले जन्माएका सन्तानको परिचय थर गोत्र लोग्नेको हुँदा चुपचाप हुन्छन । धर्म, कुल, वंश लोग्नेको हुँदा चुपचाप स्वीकार्छन् । लोग्नेले खटाएर दिएको खान्छन् र मान्छन् । लोग्नेका गोडाको धरी पानी खान्छन् ।

पढेकी स्वास्नी बिहे गर्ने लोग्नेले यी काम गर्नसक्छन् ? गर्न तयार हो ?

धेर पढेकी/ जागिरे केटी र नपढेको/बेरोजगार केटाबीच बिहे भयो भनेँ स्वास्नीले खटाएर दिएको पैसामा खुसी हुन्छ ? स्वास्नीका लुगा धुने, भातभान्सा थाम्ने, स्वास्नीका बाउआमाको(सासू/ससुराको स्याहार, पेलाइ) खप्न तयार हुन्छन्?

आफूभन्दा धेर कमाउने स्वास्नी भए मात्र पनि लोग्नेमान्छे जल्छन् ।

आइमाइले लगाएका गहना र सृङ्गार कसका लागि हो ? गहना नलाएकी स्वास्नीमान्छेका हातबाट पानी नखाने पनि यिनीहरू नै होइनन् ? अनि गहना लाए भनेर कुरा काट्ने पनि यिनै किन ? यो समाजका स्वास्नीमान्छे यौनमा त्यति लिप्त र छाडा हुँदैनन जति पुरूष हुन्छन् । यी बाजेले लगाएको यस्तो विकृत आरोप किन सार्वजनिक गर्नु भएको ? दुई बिहे गर्ने र बिहे इतरको सम्बन्ध राख्ने को बढी छन् ? वरिपरि हेरेर मनमनै आँकलन गर्नुस् ।

के स्वास्नीमान्छेले पढ्नु नहुने हो ? कि लोग्नेमान्छेको सेवक मात्र हुनुपर्ने हो ? पढेकी स्वास्नी स्वीकार्छु भन्ने चेत जरूरी छ छैन ? एकजना महिला अर्कोसँग गएको बिषयलाई सामान्यीकरण गरेर सबै महिलामाथिको आरोपबारे के भन्नू हुन्छ ? त्यसो भए स्वास्नीमाथि भएका अत्याचार, बलात्कारी र स्वास्नी मार्नेका उदाहरण दिएर हामीले सामान्यिकरण गर्यौ भने घरबार के हुन्छन् ?

समाजले गरेका अपराधका बिरूद्धमा बोल्नुको साटो चर्चित मिडियामार्फत सभ्य भाषा प्रयोग गरेर स्वास्नीमान्छेमाथि अपराध गर्न पाउनुपर्छ भन्ने कुटिल भाष्यलाई किन जोडबल गर्नु भएको ?

प्रकाशित समय: बुधबार २९ साउन, २०८२, २१:२७:१५
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
नेपालको एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति सन् २०३० सम्म स्थगित
शुक्रबार ८ जेठ, २०८३
राष्ट्रिय सभाकाे बैठक स्थगित
शुक्रबार ८ जेठ, २०८३
देशभर नयाँ सवारी साधनको दर्ता रोक्का
शुक्रबार ८ जेठ, २०८३
कार्यविभाजनलाई अन्तिम रुप दिन गुण्डुमा एमाले बैठक जारी
शुक्रबार ८ जेठ, २०८३
नियमित दौडका क्रममा सशस्त्र प्रहरीका सात जवान बेहोस
शुक्रबार ८ जेठ, २०८३
जेठ १४ गते देशभर सार्वजनिक बिदा
शुक्रबार ८ जेठ, २०८३
बालेनको मौनताले उठाएका प्रश्न
शुक्रबार ८ जेठ, २०८३
रवि लामिछानेले प्रदेश सांसदहरूसँग चरणबद्ध छलफल सुरु गर्दै, पार्टी सुदृढीकरणमा जोड
शुक्रबार ८ जेठ, २०८३
सुदूरपश्चिममा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०