खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ साउन, २०८२
९ महिनाअघि

‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु। मसँग लड्नै नआए राम्रो !’, यो थियो भारतका फाइटर चोङ्गरेङ्ग कोरेनको घमण्ड । उनले नेपाली फाइटर रवीन्द्र ढाँटविरुद्धको फाइटअघि यसरी अपमानजनक अन्तर्वार्ता दिएका थिए । तर यो घमण्ड फाइटका क्रममा केही सेकेन्डमै माटोमा मिल्यो । भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएनएफ) को बहुप्रतिक्षित बान्टमवेट टाइटल फाइटमा रवीन्द्र ढाँटले उनै भारतीय फाइटर कोरेनलाई तेस्रो राउन्डको सुरुवातमै नकआउट गरे । रवीन्द्रको यो ऐतिहासिक जितले केवल टाइटल बेल्ट मात्रै होइन, सम्पूर्ण नेपाली खेलप्रेमीको मन जितेको छ ।

फाइटअघि भारतीय मिडियामा रविन्द्रलाई ‘बच्चा’ भन्दै उपहास गर्ने कोरेनको दम्भ फाइटको रिङमा केही सेकेन्ड पनि टिक्न सकेन । तीव्र र संयमित शैलीमा आक्रमण गर्दै रवीन्द्रले कोरेनलाई लगातार प्रहार गरे । अन्ततः ती प्रहारको श्रृंखलाले कोरेन ढले । रेफ्रीले फाइट रोक्दै रवीन्द्रलाई विजेता घोषणा गरे ।

यो जीतसँगै रविन्द्र ढाँटले आफ्नो व्यावसायिक एमएम करिअरमा नवौँ जित दर्ता गरे । अब उनी एमएफएन बान्टमवेट च्याम्पियन बनेका छन् । फाइटपछि उनले भने, ‘नेपालको झण्डा काँधमा बोकेर आएको थिएँ । आज त्यो झण्डालाई रिङमै फहराउन पाएको छु।’ रवीन्द्रको जीतलाई केवल एक खेलाडीको सफलता मात्र होइन, नेपालको साहस, आत्मबल र आत्मसम्मानको विजयका रूपमा मानिएको छ । उनको यो जितपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिएका छन् ।

प्रकाशित समय: आईतबार १९ साउन, २०८२, ०९:१३:३७

सम्बन्धित खबर

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५० minutes

दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१ घण्टाअघि

धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ

मङ्गलबार १५ ब‌ैशाख, २०८३
१ घण्टाअघि

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
६ घण्टाअघि
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०