‘बलिदान’को नायक समीर भट्ट हुन् । यस फिल्ममा नायकहरु सौगात मल्ल, अपर्ण थापा र नायिका ऋचा शर्माको समेत अभिनय रहने बताइएको छ । निर्देशक भने सन्तोष सेन हुन् । त्यस्तै, ‘माइतीघर’को नायकहरु धिरज मगर, प्रकाश सपुत र नायिका उपासनासिंह ठकुरी हुन् । यसको निर्देशक मिलन तमाङ हुन् भने निर्माता रोहित अधिकारी हुन् । वरिष्ठ कलाकार हरिवंश को चर्चित पात्र हरिबहादुरको चरित्रमा ‘हरिबहादुरको जुत्ता’ बनेको हो । यसको शीर्ष भूमिकामा हरिवंश नै रहेका छन् । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्मका नायिकाहरु स्वस्तिमा खड्का र प्रियंका कार्की हुन् । प्रकाश सपुत पनि यस फिल्मको शीर्ष भूमिकामा रहेका छन् ।