शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं: प्रचण्ड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ असार, २०८२
१० महिनाअघि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

सोमबार बिहान महासंघका पदाधिकारीहरूले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता ‘प्रचण्ड’सँग उनकै निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।

भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताएका थिए। ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ,’ उनले भने।

‘सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई शिक्षकका मागहरू पूरा भएनन् भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं,’ उनले भने।

अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिए। माओवादी केन्द्र ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्ने पनि प्रतिबद्धता व्यक्त गरे।

उनले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औंल्याए।

भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरे।

प्रकाशित समय: सोमबार ९ असार, २०८२, ११:३६:०९

सम्बन्धित खबर

युद्ध र महँगीको दबाबबीच ब्याजदर यथावत राख्ने तयारीमा अमेरिकी फेड
आईतबार १३ ब‌ैशाख, २०८३
सामाजिक सञ्जाल: अवसर कि समयको बर्बादी?
आईतबार १३ ब‌ैशाख, २०८३
पूर्वीनाकाबाट सात हजार ६४२ पर्यटक भित्रिए
आईतबार १३ ब‌ैशाख, २०८३
इरानमा ५७ दिनको इन्टरनेट अवरोध,अर्थतन्त्रमा अर्बौ नोक्सानी
आईतबार १३ ब‌ैशाख, २०८३
दिल्ली विमानस्थलमा उडानअघि इन्जिनमा आगलागी, ६ घाइते
आईतबार १३ ब‌ैशाख, २०८३
सरकारले समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न ल्यायो नयाँ कार्यविधि
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
आईतबार १३ ब‌ैशाख, २०८३
त्रिविको ३५ दिने अल्टिमेटम: क्रिकेट मैदानसहित अतिक्रमित जग्गा खाली गर
आईतबार १३ ब‌ैशाख, २०८३
बर्जुमा गाउँ शिक्षा योजना तर्जुमा प्रक्रिया सुरु, पाँच वर्षे रणनीतिमा जोड
आईतबार १३ ब‌ैशाख, २०८३
१२ दिनमा ४ सय २२ विपद्का घटना
आईतबार १३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०