रोनाल्डो प्रेरित पोर्चुगल फाइनलमा, जर्मनीमाथि निकाल्यो ऐतिहासिक जित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ जेठ, २०८२
१ वर्षअघि

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले २५ वर्षपछि जर्मनीमाथि ऐतिहासिक जित निकालेको छ ।

४० वर्षीय रोनाल्डोले म्युनिखमा बुधबार सम्पन्न नेसन्स लिगको सेमिफाइनलमा जर्मनीविरुद्ध पोर्चुगललाई २–१ को जित दिलाए ।

Advertisement

उनले आफ्नो १३७औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् ।

पोर्चुगलले जर्मनीको भूमिमा पछिल्लोपल्ट सन् १९८५ को अक्टोबरमा भएको विश्वकप छनोट खेल जित हासिल गरेको थियो । यो त्यही समय थियो, जुन बेला रोनाल्डो मडेइरामा जन्मिएका थिए ।

२२० औं खेल खेल्दै कीर्तिमानी कायम गरेका रोनाल्डो जर्मनीविरुद्ध गोल गर्ने सबैभन्दा जेठा खेलाडी बने ।

यसअघि उनले जर्मनीविरुद्ध खेलेका पाँचै खेलमा पराजय भोगेका थिए । पोर्चुगलले अन्तिमपटक युरो २००० मा सर्जियो कन्सेसेओको ह्याट्रिकको मद्दतले जर्मनीलाई ३–० ले पराजित गरेको थियो ।

बुधबारको खेलमा कन्सेसेओका छोरा फ्रान्सिस्को कन्सेसेओले मैदान छिरेको ५ मिनेटमै गोल गरे ।

खेलको ४८औं मिनेटमा फ्लोरियन विर्ट्जले जर्मनीलाई हेडरमार्फत अग्रता दिलाएका थिए ।

तर, पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले कन्सेसेओ र च्याम्पियन्स लिग विजेता भिटिन्हालाई मैदानमा पठाउँदै खेलको मोड नै परिवर्तन गरे ।

भिटिन्हाले सानदार खेल प्रस्तुत गरे । जर्मनीका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगेनले थप गोल हुन नदिन उत्कृष्ट बचाउ गरे।

जर्मनीको टोलीमा जमाल मुसियालालगायत केही खेलाडी अनुपस्थित थिए।

पोर्चुगलका लागि पीएसजीका विन्गब्याक जोआओ नेभेस र नुनो मेन्डेसले सुरुआत गरे । जर्मनीका लागि स्टुटगार्टका निक वोल्टेमाडेले डेब्यु गरे ।

उनले पहिलो हाफमा सबैभन्दा राम्रो मौका पाए, तर पोर्चुगलका गोलकिपर डियोगो कोष्टाले बचाए ।

कन्सेसेओले ६३औं मिनेटमा गोल गरे । त्यसको ५ मिनेटमै नुनो मेन्डेसको क्रसमा रोनाल्डोले सजिलै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए ।

अब अर्को सेमिफाइनलमा बिहीबार फ्रान्स र स्पेनबीच स्टुटगार्टमा प्रतिस्पर्धा हुनेछ । जर्मनीले तेस्रो स्थानको खेलमा पराजित टोलीसँग खेल्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
१४ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
१५ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
१५ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१५ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
१८ घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
१९ घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०