रतुवामाई । मोरङको रतुवामाई नगरपालिकामा करेन्ट लागेर दुई जना वृद्धाको मृत्यु भएको छ ।
रतुवामाई-३ मिर्चाडाँगीमा गएराति साढे ९ बजेतिर बाँसमा बाँधेको माइक हावाहुरीका कारण ढलेर हाइटेन्सन लाइनमा छोएको थियो ।
बाँसबाट विद्युत प्रवाह हुँदा करेन्ट लागेर छिमेकीको बिवाहमा गएका ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई घाइते भएका थिए ।
घाइते दुबै जनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भइरहेको छ ।