एसियन हाइवे : एक वर्ष नाघिसक्दा पनि १५ प्रतिशतमात्रै भौतिक प्रगति, बर्सातअगावै कालोपत्रे गरिने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ चैत, २०८१
२ वर्षअघि

उर्लाबारी । एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गमा अपेक्षाअनुसार प्रगति हासिल नभएको पाइएको छ ।

एसियाली विकास बैंकको सहयोगमा निर्माणाधीन यो सडक २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको थियो ।

Advertisement

तर, निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको हो ।

आयोजना निर्देशनालय (एडिबी) का निर्देशक चुडाराज ढकालले यो अवधिमा २० प्रतिशत भौतिक प्रगतिको अपेक्षा गरिएको भए पनि सोचेअनुसार प्रगति नभएको बताए ।

ग्रामीण र जंगल क्षेत्रमा लक्ष्यअनुसार नै प्रगति भइरहेको छ तर सहरी क्षेत्रमा विद्युत् पोल र घरटहरा हटाउन धेरै झमेला भइरहेकाले प्रगति सन्तोषजनक नभएको हो ।

यद्यपि अघिल्ला तीन महिनाभन्दा भौतिक प्रगतिदर बढ्दै गएको निर्देशक ढकालले बताए ।

सरकारले ऋण लिएर सडक निर्माण गरिरहेकाले अर्बौं रुपैयाँ खर्च भइरहेको छ ।

स्थानीय उपभोक्ताले भने सडक पूर्वाधारमा लगानी भएको विषय बुझेको देखिँदैन । काँकडभिट्टाबाट इटहरीको दुरी पार गर्न साढे दुई घण्टा लाग्छ ।

एक घण्टामा यो दुरी पार गर्न सकियोस् भनेर सडक विस्तार गरिएको निर्देशक ढकालले जानकारी दिए ।

आयोजनाको पश्चिम कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) अन्तर्गतको प्याकेज नम्बर २, ३ र ५ को भौतिक प्रगति क्रमशः १८, ९ र १५ प्रतिशत रहेको छ ।

यस्तै वित्तीय प्रगति क्रमशः १५, ७.५ र १२.५ प्रतिशत रहेको छ ।

प्याकेज नम्बर ५ अन्तर्गतको मुख्य पुलको फाउन्डेसनको पाइल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पुलको जमिनमुनिको काम वर्षायाम सुरु हुनुअगावै सक्ने गरी काम भइरहेको योजना प्रमुख प्रजापतिले जानकारी दिए ।

त्यसैगरी प्याकेज नम्बर २ अन्तर्गतको सबै साना पुलहरूको पाइल निर्माण सकिएको छ ।

प्याकेज नम्बर ३ मा केही पाइल निर्माण गर्न बाँकी छ ।

सडकको दुवै प्याकेजमा साइड ड्रेन, रिटेनिङ वाल, कलभर्ट, माटो फिलिङ र सबबेसको कार्य तीव्र गतिमा भइरहेको छ ।

प्याकेज दुईको बेलबारीपूर्व सुनझोडासम्मको बजारबाहेक जङ्गल क्षेत्रमा बर्सातअगाडि नै कालोपत्रे गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।

सडकमा पर्ने ३९ वटा कलभर्ट निर्माण भइसकेका छन् भने ५२ वटा कलभर्ट निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०