विश्वभरि छरिएका नेपाली सेफहरू काठमाडौंमा भेला हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विश्वभर छरिएर रहेका सेफ (भान्से) हरू आगामी नयाँ वर्षमा काठमाडौंमा भेला हुने भएका छन् ।

आगामी वैशाखको पहिलो साता संघीय राजधानी काठमाडौंमा सेफहरूको सम्मेलन हुने भएको हो ।

Advertisement

सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको सेफ सोसाइटी नेपालले २०८२ वैशाख ६ शनिबार काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो ।

इन्टरनेसनल नेपाली सेफ सोसाइटी क्यानाडाका अध्यक्ष दिपक कार्कीकाअनुसार त्यस अवसरमा विश्वभर छरिएर रहेका नेपाली सेफहरू सेतो सेफ कोटसहित एकै स्थानमा भेला हुनेछन् ।

कार्यक्रममा करिब ५ हजार सेफ प्रतिनिधिहरू सहभागी गराइने लक्ष्य रहेको उनले जानकारी दिए ।

पर्यटन मन्त्रालय र पररास्ट्र मन्त्रालयको सहयोगमा हुने सम्मेलनको उद्देश्य नेपाली सेफहरूलाई एकताबद्ध गराउनु रहेको जनाइएको छ ।

यसैगरी, नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्न उक्त सम्मेलनले सहयोग पुग्ने विश्वास आयोजकको छ ।

सेफहरूको पेशागत चुनौती र अवसरहरूबारे पनि छलफल गरिने भएको छ ।

त्यस अवसरमा विभिन्न परिकारका ४० वटा स्टल राखिने छ ।

ती स्टलहरूमा नेपाली सेफहरूले अन्तर्राष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने छ ।

कार्यक्रममा विभिन्न सेफ अवार्ड प्रदान गरिने छ भने चर्चित कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम पनि हुनेछ ।

त्यस अवसरमा सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताब विमोचन र लोपोन्मुख संस्कृतिका झाँकी प्रस्तुत गरिने छ ।

उक्त भेलाले विश्वभरका सेफहरूको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलाका अवसरमा ‘भान्से महासङ्ग्राम २०८२’ कलेज स्तरको ‘कुकरी’ प्रतियोगिता आयोजना हुनेछ भने यो पेशामा कम्तिमा ६ वर्ष काम गरेको सेफलाई सदस्यता तथा प्रमाणपत्र दिइने छ ।

सम्मेलनलाई नेपाली सेफहरूको प्रथम महाधिवेशनका रूपमा लिइएको छ। सम्मेलनको संयोजकमा सेफ अरुण अधिकारी छन् ।

सन् २०१८ मा युएईबाट सुरु भएको सेफ सोसाइटी अहिले नेपाललगायत ३६ देशमा संगठित भइसकेको छ ।

नेपाल सेफ सोसाइटी युएईका पूर्व महासचिव दीपक कार्कीको अध्यक्षतामा कार्यसमिति छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०