विश्वभरि छरिएका नेपाली सेफहरू काठमाडौंमा भेला हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विश्वभर छरिएर रहेका सेफ (भान्से) हरू आगामी नयाँ वर्षमा काठमाडौंमा भेला हुने भएका छन् ।

आगामी वैशाखको पहिलो साता संघीय राजधानी काठमाडौंमा सेफहरूको सम्मेलन हुने भएको हो ।

सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको सेफ सोसाइटी नेपालले २०८२ वैशाख ६ शनिबार काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो ।

इन्टरनेसनल नेपाली सेफ सोसाइटी क्यानाडाका अध्यक्ष दिपक कार्कीकाअनुसार त्यस अवसरमा विश्वभर छरिएर रहेका नेपाली सेफहरू सेतो सेफ कोटसहित एकै स्थानमा भेला हुनेछन् ।

कार्यक्रममा करिब ५ हजार सेफ प्रतिनिधिहरू सहभागी गराइने लक्ष्य रहेको उनले जानकारी दिए ।

पर्यटन मन्त्रालय र पररास्ट्र मन्त्रालयको सहयोगमा हुने सम्मेलनको उद्देश्य नेपाली सेफहरूलाई एकताबद्ध गराउनु रहेको जनाइएको छ ।

यसैगरी, नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्न उक्त सम्मेलनले सहयोग पुग्ने विश्वास आयोजकको छ ।

सेफहरूको पेशागत चुनौती र अवसरहरूबारे पनि छलफल गरिने भएको छ ।

त्यस अवसरमा विभिन्न परिकारका ४० वटा स्टल राखिने छ ।

ती स्टलहरूमा नेपाली सेफहरूले अन्तर्राष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने छ ।

कार्यक्रममा विभिन्न सेफ अवार्ड प्रदान गरिने छ भने चर्चित कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम पनि हुनेछ ।

त्यस अवसरमा सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताब विमोचन र लोपोन्मुख संस्कृतिका झाँकी प्रस्तुत गरिने छ ।

उक्त भेलाले विश्वभरका सेफहरूको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलाका अवसरमा ‘भान्से महासङ्ग्राम २०८२’ कलेज स्तरको ‘कुकरी’ प्रतियोगिता आयोजना हुनेछ भने यो पेशामा कम्तिमा ६ वर्ष काम गरेको सेफलाई सदस्यता तथा प्रमाणपत्र दिइने छ ।

सम्मेलनलाई नेपाली सेफहरूको प्रथम महाधिवेशनका रूपमा लिइएको छ। सम्मेलनको संयोजकमा सेफ अरुण अधिकारी छन् ।

सन् २०१८ मा युएईबाट सुरु भएको सेफ सोसाइटी अहिले नेपाललगायत ३६ देशमा संगठित भइसकेको छ ।

नेपाल सेफ सोसाइटी युएईका पूर्व महासचिव दीपक कार्कीको अध्यक्षतामा कार्यसमिति छ ।

प्रकाशित समय: शुक्रबार १६ फाल्गुण, २०८१, १९:०१:४७

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०