काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन प्रतितोला एक लाख ६८ हजार सात सय रुपैयाँमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा खरिदबिक्री हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।