दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० माघ, २०८१
१ वर्षअघि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपैयाँ नाघेको छ ।

सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर मंगलबार एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि गत कात्तिक ११ मा सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यतिबेला सरकारले सुन आयातमा लाग्दै भन्सार महसुल घटाएसँगै मूल्य घटेर एक लाख ४८ हजार रुपैयाँ झरेको थियो ।

त्यसपछि दुई महिना उतारचढाव रहेको सुनको मूल्य माघ लागेसँगै पुनः बढ्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ९२१ डलर पुगेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले परिर्वतन गरेका नीतिका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकाका राष्ट्रपतिले विभिन्न देशमा लगाउने भनेको भन्सार शुल्कका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।

नयाँ नीतिका कारण सुनको मूल्य निरन्तर बढेको छ । यसरी नै बढ्दै गयो भने केही दिनमै एक लाख ७५ हजार रुपैयाँ पुग्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य बढेर तीन हजार डलर पुग्ने देखिएको छ, त्यतिबेला स्थानीय बजारमा प्रतितोला सुनको मूल्य तोलामा दुई लाख पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशतसम्मको भन्सार महसुल लगाउने घोषणा गरेसँगै त्यसको प्रभावले सुनको मूल्य बढ्न गएको हो ।

महासंघका अनुसार पछिल्लो एक महिनामा बजारमा प्रतितोला सुनको मूल्य १५ हजार रुपैयाँले बढेको छ ।

पुसको अन्तिम साता प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैङ्कमार्फत दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने सीमा निर्धारण गरेको छ ।

नेपाल बैंकर्स संघका अनुसार करिब १४५ किलो सुन बैंघमा मौज्दात छ ।

बजारमा सुनको माग न्यून हुँदा बैंकमा ठुलो परिणाममा मौज्दात रहेको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को माघ अन्तिम सातासम्म बैंकहरूले ७३२ किलो सुन आयात गरेका छन् ।

पछिल्लो समय निरन्तर सुनको मूल्य बढ्दा कारोबारमा भने कमी आएको छ । विवाहको सिजन भए पनि मूल्यवृद्धि भई माग कम हुँदा कारोबारमा कमी आएको हो ।

महासंघका अनुसार हाल दैनिक १० देखि १५ किलो सुन खपत हुने गरेको छ ।

विगतका वर्ष विवाहका बेला दैनिक २० देखि ३० किलो खपत हुने गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ताको क्रयशक्ति कम भएकाले बजारमा माग नै न्यून रहेको व्यवसायीको भनाइ छ ।

नयाँ सडकका मुख्य बजारका सुन पसलमा ग्राहकको भिडभाड देखिए पनि भित्री पसल भने सुनसान छन् ।

लगातार बढेको सुनको मूल्यले उपभोक्ता र व्यवसायी दुवैलाई असर पारेको छ ।

व्यवसायीका अनुसार मूल्य बढ्दा पुराना गहना बिक्री गर्ने ग्राहकसमेत बढ्न थालेका छन् ।

प्रकाशित समय: बुधबार ३० माघ, २०८१, १५:३६:२३

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
६ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
७ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ हप्ताअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
२ हप्ताअघि
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०