१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ माघ, २०८१
१ वर्षअघि

५ माघ, विराटनगर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।

काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले शनिबार आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरहेको बताएका हुन् ।


‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ’, स्वास्थ्यमन्त्री पौडेलले भने।

उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए ।

सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्य योजना अगाडि बढाएको पनि उनले जानकारी दिए।

स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गरे।

‘हाल स्वास्थ्य बिमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ’, उनले भने।

छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गरे ।

टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताएका थिए ।

विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय: शनिवार ५ माघ, २०८१, १७:३७:११
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०