विश्वको सबैभन्दा वृद्धा उमेरकी महिलाको कथा !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ पुस, २०८१
२ वर्षअघि

विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ । आफ्नै नर्सिङ होममा शनिबार उनको निधन भएको आशिया सहरका मेयरले जानकारी दिएका छन् ।

इटोका उक्त नर्सिङ होममा पछिल्लो पाँच वर्षयता रहँदै आएकी थिइन् । इटोकाका चार छोराछोरी र पाँच नातिनातिना छन् ।

Advertisement

उनको जन्म आशियानजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

सेप्टेम्बर २०२४ मा गिनिज बुक अफ रेकर्डले उनलाई सर्वाधिक वृद्धा महिला घोषणा गरेको थियो । त्यसबेला उनले आफ्नो ११६औं जन्मदिन मनाउँदै थिइन् । त्यसबखत टोमिको २३औं सबैभन्दा वृद्ध व्यक्ति थिइन् ।

मेइजी सम्राटको शासनकालमा ओसाकामा जन्मिएकी टोमिको आफ्नो परिवारकी जेठी छोरी र माझिलो सन्तान थिइन् ।

प्राथमिक शिक्षा पूरा गरेपछि उनले एक बालिका विद्यालयमा अध्ययन गरिन्, जहाँ उनी भलिबल टोलीकी सक्रिय सदस्य थिइन् । २० वर्षको उमेरमा विवाह गरेपछि उनका दुई छोरी र दुई छोराको जन्म भयो । उनका धेरै नाति–नातिना र पनाति–पनातिनाहरू पनि छन् ।

जब जापान दोस्रो विश्वयुद्धमा सामेल भयो, त्यस बेला टोमिको ३२ वर्षकी थिइन् । युद्धकालमा उनले आफ्ना सबै बालबच्चाको हेरचाह गर्नुको साथै श्रीमानको कपडा कारखानाको कार्यालय पनि सम्हाल्नुपर्थ्यो ।

१९७९ मा श्रीमानको निधनपछि उनी नारा प्रिफेक्चरमा एक्लै बस्न थालिन् । त्यहाँ उनले हाइकिङ र पर्वतारोहणमा आफ्नो समय बिताइन् ।

उनी नियमित रूपमा माउन्ट निजो चढ्थिन् । र ३,००० मिटर अग्लो माउन्ट ओन्टाकेको शिखरमा दुईपटक पुग्न सफलसमेत भइन् ।

एक समर्पित बौद्ध धर्मावलम्बीको रूपमा उनले ८० वर्षको उमेरमा कान्साई क्षेत्रका ३३ मन्दिरहरूको साइगोकु कन्नन तीर्थयात्रा पूरा गरिन् ।

१०० वर्षको उमेरमा पनि उनी कुनै लठ्ठीको सहायताविना आशिया मन्दिरका ढुङ्गाका सिंढीहरू चढ्न सक्षम भएकी थिइन् ।

उनको परिवारका अनुसार, सक्रिय जीवनशैली नै उनको दीर्घायुको रहस्य थियो । १११ वर्षको उमेरसम्म उनी आफ्ना छोरीहरूसँग घरमै बसेकी थिइन् ।

तर, शरीर कमजोर बन्दै गएपछि उनी आफ्नै नर्सिङ होममा बस्न थालेकी थिइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ

सोमबार २६ असोज, २०८३
१ घण्टाअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
४ घण्टाअघि

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
६ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
१ दिनअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०