भक्तपुर । भक्तपुरको बालकोटमा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको अन्त्येष्टि गरिएको छ ।
मंगलबार राति हिन्दु संस्कार अनुसार उनीहरूको अन्त्येष्टि गरिएको हो ।
मृतक छोरा र नातिलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ती दिएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।
उनीहरूको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेका थिए ।
हत्या पछि फरार रहेका मिलनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीसँगको बयानमा मिलनले बुबा र भाइको हत्या गरेको स्विकारेका छन् ।