कोशीमा बढ्यो धान उत्पादन, यो वर्ष ११ लाख ८२ हजार मेट्रिक टन धान फल्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
१ वर्षअघि

विराटनगर । अन्नको भण्डार मानिने कोशी प्रदेशमा यस वर्ष बर्खे धानको उत्पादन बढेको छ ।

गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशमा ३६ हजार ५१८ दशमलव १५ मेट्रिकटन बढी धान उत्पादन भएको हो ।

गत आर्थिक वर्षमा २ लाख ६९ हजार ९४६ हेक्टर जमिनमा धान रोपाईं गरेकोमा ११ लाख ४५ हजार ७०३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष दुई लाख ७५ हजार २६७ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुदाँ ११ लाख ८२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएको हो ।

धान लगाउने क्षेत्र वृद्धि हुनुको साथै समयमा नै रसायनिक मल प्राप्त भएको र आकाशे पानी प्रयाप्त भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय कोशीका सहायक कृषि अर्थ विज्ञ गणेश खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार झापामा ३ लाख ८२ हजार ८११ मेट्रिकटन धान उत्पादन भएको छ । पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा २ हजार ३३९ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, मोरङमा ३ लाख ३९ हजार ३ मेट्रिकटन, सुनसरीमा २ लाख १७ हजार , ताप्लेजुङमा १५ हजार ९०६, पाँचथरमा १३ हजार ८६२, इलाममा ३६ हजार ९३९, धनकुटामा १६ हजार ९२ मेट्रिकटन धान उत्पादन भएको छ ।

तेह्रथुममा १४ हजार ३४८, संखुवासभामा २० हजार ९३५ भोजपुरमा ३७ हजार ७९१, उदयपुरमा ४९ हजार ५७४, खोटाङमा २५ हजार ३४५, ओखलढुंगामा १० हजार २६८ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, ११:१३:११

सम्बन्धित खबर

भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०