दुर्गा प्रसाईंले गम्भीर आरोप लगाएका थिए प्रधानमन्त्री ओलीमाथि

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनलाई वीर अस्पताल लगिएको हो।

मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याएको हो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

उनले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए ।

ती विवरणहरू सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम विस्तारमा सघाउ पुर्‍याएका थिए ।

प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको छ ।

कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

तर, उनले प्रमाण ल्याएको भन्दै स्क्रिनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।

प्रारम्भिक जाँचमै उनले सार्वजनिक गरेको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तर्गतको साइबर ब्यूरोले चासो देखाएको हो ।

प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट अनलाइनखबरलाई प्राप्त उनको नागरिकता प्रमाणपत्रमा उल्लिखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन ।

नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।

प्रसाईंले गुगलबाट प्रमाणित गरेर ल्याएको बताएका थिए । प्रसाईंले ल्याएका विवरण कहाँबाट ‘ओरिजिनेट’ भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ ।

प्रसाईंले नेपालका ‘नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्केमेनिस्तान, दक्षिण अफ्रिका, केन्या, दुबई र सिंगापुरमा छ’ भन्ने अभिव्यक्ति समेत दिएका थिए ।

प्रसाईंले यसअघि पनि ओलीमाथि कम्बोडियामा लगानी रहेको भन्दै आरोप लगाउँदै आएका थिए । र, प्रमाणविनै मिथ्या अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो ।

यसपटक भने उनले आफ्नो विगतका अभिव्यक्ति पुष्टि गर्ने भन्दै युट्युबरहरूलाई बोलाएका थिए ।

पोखरामा १३ कात्तिकमा आयोजित एमाले गण्डकी प्रदेशको कार्यक्रममा ओलीले व्यंग्यात्मक रुपमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद समेत गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार ४ मङ्सिर, २०८१, १६:४१:१९
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०