मोरङका ‘विवादित’ एसपी नवराज कार्की हेडक्वार्टर तानिए

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी प्रधान कार्यालयले एक वर्ष नपुग्दै मोरङ प्रहरी प्रमुख कार्कीको जिम्मेवारी खासेको हो ।

गत वर्षको फागुन १ गते मोरङको एसपीका रूपमा विराटनगर आएका उनलाई ७ महिनामै प्रहरी हेडक्वाटरले तानेको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको फागुन १ गतेको पत्रअनुसार उनी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यालय प्रमुखको रूपमा सरुवा भएका हुन् ।
कार्कीले फागुन ७ गतेदेखि मोरङ प्रहरीका रूपमा काम थालेका थिए । त्यसअघि भने उनी जिल्ला प्रहरी परिसर ललितपुरमा थिए ।
त्यसभन्दा अगाडि भने उनले प्रहरी निरीक्षक हुँदा प्रहरी तालिम केन्द्र रानी, इलाका प्रहरी कार्यालय बेलबारी, उर्लाबारीमा पनि रहेर नेतृत्व गरेका थिए ।
नायव उपरीक्षक हुँदा उनले दमकको नेतृत्व गरेका थिए ।

उदयपुरको कटारी–६ स्थायी घर भएका कार्की २०६८ सालमा संयुक्त राष्ट्रसंघको मिसनमा सहभागी भएर नेपाल प्रहरीको सान राखिसकेका व्यक्ति हुन् ।

तर, मोरङ आएपछि भने उनीमाथि आर्थिक अनियमितताको आरोप लागेको थियो । यसैले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले उनको सरुवा भएको भए पनि सरुवाको कारणबारे जानकारी नभएको सुनाए ।

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।

लिम्बु प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको हो ।

प्रकाशित समय: शुक्रबार २ कार्तिक, २०८१, १२:४९:४६
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०