कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ ।

प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन लगानी सम्मेलन गर्न लागेको हो ।

आईतबार कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो । निजी क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारी सरकारको छ ।

कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो । सोही अनुसार यो कार्यक्रमलाई अगाडि बढाईएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ ।

प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्याएको छ ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिने छ ।

प्रदेशका सम्भावित आयोजननको क्षेत्र पहिचान गरी ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ ।

साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।

पिपिपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिए ।

प्रकाशित समय: सोमबार १४ असोज, २०८१, १६:०१:००
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०