ग्रामथानमा तीन जना सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएर भाग्यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ भदौ, २०८१
२ वर्षअघि
default

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा तीन जना सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएर भागेको छ ।

बिहीबार बिहान ११ः५० बजेतिर ग्रामथान-७ मा तेतरियाबाट विराटचोककतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको बा ५१ प ८८१२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

८८१२ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेका थिए । मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्रसमेत साथमा थिएन । ठक्कर दिने मोटरसाइकल फरार बनेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका-५ बस्ने २३ वर्षीय विकास बस्नेत, बीचमा सवार उनकी आमा ५६ वर्षीय भीमकुमारी र पछाडि सवार उनकी दिदी ३३ वर्षीय ईश्वरी बस्नेत घाइते भएका हुन् ।

उनीहरू तीनै जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई उपचारको लागि नगर अस्पताल सुन्दरहरैंचामा पठाइएको छ । ठक्कर दिएर भाग्ने मोटरसाइकल प्रहरीले खोजिरहेको छ ।

प्रकाशित समय: शुक्रबार १४ भदौ, २०८१, ०६:५०:३३
थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी
शुक्रबार ११ ब‌ैशाख, २०८३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०