विराटनगर । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिबार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए ।
तत्काल पाटन अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
तिमिल्सीनाको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए ।
तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ ।
तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए ।
तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत चर्चामा छन् ।