विराटनगरबाट काठमाडौं उड्दै गरेको जहाजमा ५ वर्षीय बालकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ साउन, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरबाट काठमाडौंतर्फ उड्दै गरेको बुद्ध एयरको जहाजभित्रै पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-३ मोतीगडाका ताराकिरण राईका छोरा संयोगहाङ राई रहेका छन् ।

Advertisement

बुधबार दिउँसो १२:२४ बजे विराटनगरबाट ५७ जना यात्रु लिएर उडेको यूफोर ७१० कल साइनको जहाजमा उक्त घटना भएको हो ।

उडानको क्रममा बालकलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि जहाजलाई तत्काल विराटनगर फर्काइएको थियो ।

विमानस्थल पुगेपछि बालकलाई एम्बुलेन्समार्फत विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउनासाथ चिकित्सकले बालकलाई मृत घोषित गरेका हुन् ।

बालकलाई अघिल्लो दिन नै पेट दुखाइका कारण अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकहरूले सानो आन्द्रामा अवरोध देखिएको र तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । तर अभिभावकले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरेका थिए ।

बुद्ध एयरका अधिकारीहरूले बालकको अवस्था जहाजबाट निकाल्दा सामान्य रहेको दाबी गरेका छन् ।

तर अस्पतालका चिकित्सकहरूले बालकको मृत्यु जहाजभित्रै भएको हुनसक्ने अनुमान गरेका छन् ।

डा. दीपराज अधिकारीका अनुसार अस्पताल ल्याउनुभन्दा करिब ४५ मिनेट अघि नै बालकको मृत्यु भएको हुनसक्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०