मिस कोशीका विजेतालाई विराटनगरमा सम्मान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ साउन, २०८१
२ वर्षअघि

विराटनगर । आठौं संस्करणको मिस कोशीका विजेता प्रतियोगीहरूलाई विराटनगरमा सम्मान गरिएको छ । बिहीबार विराटनगर महानगरपालिका-४ कञ्चनबारीस्थित होटल ह्वाइट हाउसमा मिस कोशी २०२४ का विजेता प्रतियोगीहरूलाई सम्मान गरिएको हो ।

कोशी प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले मिस कोशीका प्रतियोगीहरूलाई सम्मान गरेका हुन् ।

मिस कोशी बन्न सफल शुभलक्ष्मी राई, फर्स्ट रनरअप निशा हाङ्मा लिम्बु, सेकेन्ड रनरअप निलम मोक्तान तामाङ, थर्ड रनरअप कृति बस्नेत र पाँचौं स्थान ओगट्न सफल स्वस्तिका राई सम्मानित बनेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कला र संस्कृतिको उत्थानका लागि भएको मिस कोशीले नवप्रतिभाको उजागर हुनेमा आफू विश्वस्त रहेको सुनाए ।

‘पछिल्ला केही दिनहरूमा यस्ता ब्युटी प्याजेन्टहरूमा विकृति बढेकाले सुन्दरी प्रतियोगिता नगरौं भन्ने आवाज नउठेका होइनन् । तर, नवप्रतिभाहरू यस्तै इभेन्टहरूमार्फत् उजागर हुनेहुँदा पनि विकृति निराकरण गरी मौलिकता र आफ्नै संस्कृति मिसाएर यस्ता प्रतियोगिता हुन जरुरी छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

जय मिडिया म्यानेजमेन्टको आयोजनामा आठौं संस्करणको मिस कोशी प्रतियोगिताको फाइनल धरानमा भएको थियो । गत असार २९ गते धरानमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई उछिन्दै इटहरीकी शुभलक्ष्मी राई विजेता बनेकी थिइन् ।

धरानकी निशा हाङ्मा लिम्बू फर्स्ट रनरअप हुँदा झापाकी निगम मोक्तान सेकेन्ड रनरअप, जुम्ला घर भएकी कृति बस्नेत थर्ड रनरअप हुँदा चौथो रनरअप इटहरीकी स्वस्तिका राई बनेकी थिइन् ।

पहिलो बनेकी नगद एक लाख रुपैयाँ नगद पाउने भएकी छन् भने उनीसँगै अरू विजेताहरूले क्राउन ट्रफीलगायत अन्य विभिन्न उपहार पाउने भएका छन् ।

विजेताहरूलाई प्रायोजकले घोषणा गरेअनुरूपका पुरस्कारहरू चाँडै उपलब्ध गराइने आयोजक संस्था जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज रोयले जानकारी दिए ।

सन् २०१४ बाट निरन्तर रूपमा प्रतियोगिताको आयोजना गरिरहेको बताउँदै उनले घोषित् पुरस्कार अघिल्ला संस्करणका विजेताहरूले पाएको र यसपालिका विजेताहरूले पनि पाउने दाबी गरे ।

‘मिस कोशी सुन्दरी प्रतियोगितामात्र होइन, सामाजिक उत्तरदायित्व सिकाउने एउटा प्लेटफर्म हो,’ उनले भने, ‘हामी हाम्रै संस्कार, संस्कृति र परिवेशबारे प्रतियोगीहरूलाई सिकाउँछौं । जहाँसम्म पुरस्कार नपाएको गुनासोको कुरा छ, कहिँकतै त्यस्तो आएको हुनसक्छ । तर, प्रायोजकबाट हामी दिलाएरै छोड्छौं ।’

उनका अनुसार यसपालि प्रतियोगितमा एक सय ५० जना प्रतिस्पर्धीले भाग लिएकोमध्ये २५ जना फाइनल पुगेका थिए । विशेषगरी ११/१२ कक्षा पढ्दै गएका युवतीहरू यस्ता प्रतियोगितामा सहभागी हुनेगरेको सुनाउँदै उनले मिस कोशी आफ्नो करिअर डेभलप गर्ने विषयमा कोशेढुंगा साबित हुने बताए ।

मिस कोशी विजेता शुभलक्ष्मी राईले उपाधि जितेसँगै मिस युनिभर्सका लागि तयारीमा रहेको सुनाइन् । ‘अहिले म पढ्दै छु । यो प्रतियोगिताले मलाई थप हौसला दिएको छ । आफ्नो गाउँठाउँलाई चिनाउन पाउँदा र अरूमाझ चिनिन पाउँदा गर्व महसुस गरेकी छु । अब मिस युनिभर्सका लागि तयारीमा छु,’ उनले भनिन् ।

उनले पुरस्कार राशि र विभिन्न उपहारहरू पाउनेक्रममा रहेको सुनाइन् ।

फर्स्ट रनरअप निशा लिम्बुले मिस कोशी प्रतियोगितामा प्रतियोगी बन्दा आफूमा आत्मविश्वास बढेको बताउँदै आगामी दिनमा यसै क्षेत्रबाट समाजमा सक्रिय रहने प्रतिबद्धता जनाइन् ।

प्रकाशित समय: बिहिबार ३ साउन, २०८१, १६:३५:२१
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०