झापामा रोकेर राखेको पिकअपसँग स्कुटर जुध्दा दुई जनाको मृत्यु, पिकअप चालक खोज्दै प्रहरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ जेठ, २०८१
२ वर्षअघि

झापा । झापाको मेचीनगर नगरपालिकामा रोकेर राखेको पिकअपसँग स्कुटर जुध्दा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राति १०:४५ बजेतिर मेचीनगर- १२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे.७प.७२८३ नम्बरको स्कुटर रोकेर राखेको पिकअपसँग ठोक्किएको थियो ।

Advertisement

हाइवेको बाँया साइडमा बिग्रिएर रोकिराखेको को .१ च. ७२६४ नम्बरको बोलेरो पिकअपसँग ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका थिए ।

स्कुटर चालक बुद्धशान्ति गाँउपालिका-५ बस्ने अन्दाजी २५ को लीलाप्रसाद ढुंगेल र सोही स्कुटरमा पछाडि सवार तत्काल नाम थर नखुलेको अन्दाजी ३५ वर्षको पुरुष मानिस गम्भीर घाइते बनेका थिए ।

उनीहरूलाई बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्‍याइकोमा थियो ।

तर, अस्पताल पुग्नासाथ ११:०० बजेतिर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शव सोही अस्पतालामा छ भने पिकअप गाडी प्रहरी चौकि चारआली झापाको नियन्त्रणमा रहेको छ ।

बोलेरो पिकअप चालक भने सम्पर्कमा नभएको हुँदा खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

स्कुटर तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०