विवादमा अल्झियो लोकसेवा आयोगको विज्ञापन !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ५ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौं तहको विज्ञापनप्रति निजामति कर्मचारीले आपत्ती जनाएका छन् । प्रदेश निजामति ऐनविपरीत विज्ञापन खोलेको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् ।

आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो । लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उपसमूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो ।

तर, लोकसेवाले गरेको उक्त विज्ञापन नियमसंगत नरहेको भन्दै आठौं तहका लेखा अधिकृतहरूले रद्द गर्न माग गरेका छन् । लोकसेवाले संगठन तथा व्यवस्थापन सर्वेक्षण अर्थात् ओएनएम नै नगरी विज्ञापन खोलेको भन्दै उनीहरूले आठौं तहका अन्य कार्यरत कर्मचारीको वृत्ति विकासमा अवरोध पुगेको बताएका हुन् ।

कोशीका लेखा अधिकृतहरूले आयोगको विभेदपूर्ण विज्ञापन रद्द गर्न भन्दै गत चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई पत्र पठाएका थिए । लोक सेवाले विज्ञापन आह्वान गर्नुअघि ओएनएम गर्नुपर्ने भए पनि त्यसो नगरी विज्ञापन खुलाउनु ऐनविपरीत रहेको बताएका छन् ।

प्रदेश निजामती सेवा ऐनको दफा ८ मा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि अधिकृत आठौँ तहसम्मको पदमा सम्बन्धित सेवा, समूह वा उप–समूहको एक तहमुनिको पदको कर्मचारी तथा नवौं र दशांै तहको पदमा न्यूनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा भएका सम्बन्धित सेवाको कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुने व्यवस्था छ ।

ऐनमा भएको उक्त व्यवस्थाको माध्यमबाट नवौं तहको पदमा सबै समूह र उप–समूहको कर्मचारीको वृत्ति विकासको बाटो खोलिएको छ । तर, लोकसेवाले उक्त व्यवस्थाविपरीत विज्ञापन खुलाएको आरोप लगाएर रुष्ट भएका अधिकृतहरूले अदालत जाने तयारी पनि गरेका छन् ।

यसअघि प्रदेश सरकारले डा. चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले पनि ओएनएम नभएका कारण कतिपय कार्यालय बोझिला र खर्चिला बन्दै गएको औंल्याएको थियो ।

प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समेत ओएनएम गर्ने विषय उल्लेख गरिएको छ । तर, लोकसेवा आयोगले उक्त सबै व्यवस्थालाई नजरअन्दाज गर्दै विज्ञापन खुलाएपछि लेखा अधिकृतहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

तथापि, कोशी प्रदेश लोक सेवा आयोगले भने प्रदेश निजामति सेवा ऐनकै व्यवस्थाबमोजिम आफूहरूले विज्ञापन खुलाएको दाबी गरेको छ ।

ओएनएम गर्ने कुरा जुन दफामा उल्लेख भएपनि दफा ८ को उपदफा १ बमोजिम संघीय सरकारबाट हस्तान्तरण भएका पदहरूमा भने पदपूर्ति गर्न यो ऐनले बाधा नपुर्‍याउने भनिएका कारण विज्ञापन आह्वान गरिएको तर्क लोकसेवा आयोगको छ ।

प्रकाशित समय: बुधबार ५ ब‌ैशाख, २०८१, ०७:००:३८
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०