प्रहरीको आवरणमा ठगी, पक्राउ परिन् २४ वर्षीया अमिला

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
२ वर्षअघि

काठमाडाैं । आफू नेपाल प्रहरी भएको र सिपाहीमा जागीर लगाइदिने भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका-६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४, नैकापमा डेरा गरी बस्ने २४ वर्षीया अमिलाकुमारी साउद रहेकी छन् ।

Advertisement

उनलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जानकारी दिएको छ ।

माघ २९ गते साँझ ५ बजेतिर चन्द्रागिरी नगरपालिका-१४ नैकापमा प्रहरी हुँ भनी ठगी गर्ने मानिस रहेको भन्ने सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट प्रहरी टोलीले अमिलालाई उनकै डेराबाट नियन्त्रणमा लिएको थियो ।

उनले दैलेखको नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया अमृता विष्टलाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको खुलेको छ ।

आफू नेपाल प्रहरी (जनपद) को प्रहरी सहायक निरीक्षक भएको र बढुवा भई प्रहरी नायब निरीक्षक भएको भन्दै पोसाक लगाएर देखाउँदै ठगी गरेकी थिइन् ।

अमिलाले अमृता विष्टसँग एक लाख ५० हजार रुपैयाँ नगद रकम लिएको खुलेको प्रहरीले जनाएको छ ।

उनको साथबाट नेपाल प्रहरीको पोसाक एक जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न एक थान, नेमप्लेट एक थान, बुट एक जोर, बेल्ट एक थान र मोबाइल एक थान समेत बरामद गरिएको जनाइएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?
शनिवार २० असार, २०८३
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना
शुक्रबार १९ असार, २०८३
गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
शुक्रबार १९ असार, २०८३
आधिकारिक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न व्यवसायी संघको आग्रह
शुक्रबार १९ असार, २०८३
प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद्को बैठक
शुक्रबार १९ असार, २०८३
एमालेका पूर्वसांसद् कोइरी पक्राउ
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०