विश्वकपमा नेपाल : पाँचमध्ये चार खेलमा पराजित, अन्तिम खेलमा भारतसँग हार्‍यो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १९ माघ, २०८०
३ वर्षअघि

विराटनगर । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको नेपालले शुक्रबार आफ्नो अन्तिम खेलमा बलियो टिम भारतको सामना गरेको थियो ।

दक्षिण अफ्रिकाको ब्लमफन्टेनस्थित मंगाउङ ओभलमा भएको खेलमा नेपालले भारतसँग एक सय ३२ रनले हार बेहोरेको हो ।

भारतले दिएको दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन बनाएको हो ।

नेपालका लागि कप्तान देव खनालले ५३ बलमा ३३ रन जोडे भने दुर्गेश गुप्ताले अविजित रहँदै २९ रन जोडे ।

यसैगरी, अर्जुन कुमालले ६४ बलमा २६ रन बनाए भने दीपक बोहोराले ४२ बलमा २२ रन बनाए ।

आकाश चन्द अविजित रहँदै १८ रन जोड्दा उत्तम थापामगर ८ रन बनाउँदा सुवास भण्डारी ५ रनमा आउट भए ।

बलिङतर्फ भारतका सौम्यकुमार पाण्डेले चार विकेट लिए भने अर्सिनी कुलकर्नीले दुई विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो ।

भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले । सचिनले एक सय १६ रन बनाउँदा उदयले एक सय रन जोडे ।

ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए ।

बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिए ।

सुपर सिक्सको खेलअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको नेपालले जारी विश्वकपमा पाँच खेल खेल्दा चारमा पराजय बेहोर्‍यो ।

विश्वकपमा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो । तर, तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो ।

तर, सुपर सिक्सका खेलमा भारत र पाकिस्तान दुवै टोली विजयी भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।

प्रतियोगिताबाट बाहिरिसकेको भए पनि औपचारिकता पूरा गर्दै बुधबार बंगलादेशसँग खेलेको नेपालले पाँच विकेटको हार बेहोरेको थियो ।

नेपाललाई हराएसँगै भारत सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

प्रकाशित समय: शुक्रबार १९ माघ, २०८०, २२:०२:०७
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०