सुवासले पाँच विकेट लिँदा पनि टरेन नेपालको हार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ माघ, २०८०
३ वर्षअघि

विराटनगर- दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बुधबार दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार बेहोरेको हो ।

नेपालले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको बंगलादेशले २५ ओभर दुई बलमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे ।

त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।

नेपालका सुवास भण्डारीले बंगलादेशको पाँचवटै विकेट झारेका थिए  ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो।

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए भने कप्तान देव खनालले ३५ जोडे ।

अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए ।

सुवास भण्डारी भने १८ रनमा अविजित रहे ।

यो  खेल नेपालका लागि औपचारिकता मात्र थियो ।

सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।।

सुपरसिक्सको एउटा समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्छन् ।

प्रकाशित समय: बुधबार १७ माघ, २०८०, २०:१४:१२
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०