सुवासले पाँच विकेट लिँदा पनि टरेन नेपालको हार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ माघ, २०८०
१२ महिनाअघि

विराटनगर- दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बुधबार दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार बेहोरेको हो ।

नेपालले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको बंगलादेशले २५ ओभर दुई बलमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे ।

त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।

नेपालका सुवास भण्डारीले बंगलादेशको पाँचवटै विकेट झारेका थिए  ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो।

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए भने कप्तान देव खनालले ३५ जोडे ।

अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए ।

सुवास भण्डारी भने १८ रनमा अविजित रहे ।

यो  खेल नेपालका लागि औपचारिकता मात्र थियो ।

सुपरसिक्सअन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको थियो ।।

सुपरसिक्सको एउटा समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्छन् ।

प्रकाशित समय: बुधबार १७ माघ, २०८०, २०:१४:१२
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०