मुख्यमन्त्रीले किन खाँदै छन् जन्मदिनकै दिन गाली ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ पुस, २०८०
२ वर्षअघि

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार आफ्नो ४५औं जन्मदिन मनाउँदै छन् । तर, आज जन्मदिनकै दिन उनीमाथि गालीको वर्षा भइरहेको छ ।

तमु ल्होसारको शुभकामना सन्देश जारी गर्दा कोसी प्रदेश नलेखेको भन्दै उनलाई सामाजिक सञ्जालमा गाली गरिरहेका छन्, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ।

आज गुरुङ समुदायले मनाउने तमु ल्होसारको शुभकामना सन्देश जारी गर्दा मुख्यमन्त्री कार्कीले ‘लेटर हेडमा’ कोशी प्रदेश लेख्न छुटाएका थिए ।

संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले प्रदेशको नाम लेख्न बिर्सिएपछि अहिले उनी आलोचनाको सिकार भइरहेका छन् ।

मुख्यमन्त्रीले कोसी प्रदेशको नाम उल्लेख नगरेपछि यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । य

स विषयमा अनेकन अड्कलबाजी गर्दै विभिन्नखाले प्रतिक्रिया आइरहेका छन् ।

कतिपयले पूर्वी नेपालमा पहिचान पक्षधरको आन्दोलन जारी रहेको बेला उनीहरूको मागलाई ‘सम्मान गर्दै’ कोसी प्रदेश उल्लेख नगरेको हुनसक्ने अनुमान गरेका छन् ।

कतिपयले भने सचिवालयको गम्भीर लापरबाही भनेका छन् ।

मुख्यमन्त्री कार्कीले आफ्नोसमेत मतले प्रदेश १ लाई कोसी प्रदेश नामाकरण गर्न योगदान गरेका थिए । तर, मुख्यमन्त्री बनेपछि भने उनले नियतबस यसो गरेको कतिपयको आक्षेप छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले प्रदेशवासीको नाममा स्पष्टीकरण जारी गर्नुपर्ने बताउँछन् ।

‘जानेर हो या भूलबस हो, यो त गम्भीर त्रुटी हो,’ उनले भने, ‘उहाँ आजै प्रतिपक्षी दल र प्रदेशवासीलाई स्पष्ट पार्नुपर्छ ।’

मुख्यमन्त्रीको शुभकामना सन्देशमा के छ ?

गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा वक्तव्यमार्फत जारी गरिएको शुभकामना सन्देशमा उनले नेपाल बहुधार्मिक एवम् बहुसाँस्कृति मुलुक भएको बताउँदै तमु ल्होसारले आम नेपालीबीच भातृत्व र एकताको भावना बढाउने विश्वास पनि व्यक्त गरेका छन् ।

तर, उनले शुभकामना व्यक्त गरेको मुख्यमन्त्रीको लेटरहेडमा भने प्रदेशको नाम उल्लेख गरिएको थिएन ।

लेटरहेडको दाइनेतिर ‘मुख्यमन्त्री’ लेखेर स्वस्तिक छापको चिह्न राखिएको थियो भने देब्रेतिर ‘विराटनगर नेपाल’ लेखिएको थियो ।

शुभकामनाको व्यहोरा लेखेर अन्तिमतिर मुख्यमन्त्रीको नाम र हस्ताक्षर छ ।

यसरी प्रदेशको नाम उल्लेखै नगरी शुभकामना दिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो ।

सबैतिर विरोध र टीका-टिप्पणी हुन थालेपछि मुख्यमन्त्री कार्कीको सचिवालयले सच्याएर पुन: शुभकामना सन्देश जारी गरेको छ ।

‘तमु ल्होसारको अवसरमा माननीय मुख्यमन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देशमा कोसी प्रदेश छुट्न गएकोमा सच्याइएको छ’ भन्दै मुख्यमन्त्री कार्यालयले फेरि प्रदेशको नाम राखेर सन्देश जारी गरेको छ ।

गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि असन्तुष्ट पक्षले यस विषयलाई लिएर आन्दोलन गरिरहेकै छ ।

आन्दोलनका क्रममा घाइते भएका पदमबहादुर लिम्बु लाजेहाङको गत चैत १० गते मृत्यु भएको थियो ।

मुख्यमन्त्री कार्कीले शुभकामनामा ‘कोसी प्रदेश’ नलेखेपछि….

प्रकाशित समय: आईतबार १५ पुस, २०८०, १३:२२:५५
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०