जसपाले भारतबाट भन्सार छलेर भित्र्याएको छाता बरामद

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ ब‌ैशाख, २०७९
४ वर्षअघि
भन्सार

जनता समाजवादी पार्टी (जसपा)ले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याएको छाता सशस्त्र प्रहरीले बरामद गरेको छ ।

आइतबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिकास्थित सीमामा खटिएको सशस्त्र प्रहरीले छाता बरामद गरेको हो । सशस्त्र प्रहरीले भने ७२ हजार मूल्य बराबरको ४८० थान छाता बरामद भएको जनाएको छ ।

Advertisement

सशस्त्र प्रहरी बल देवानगन्जका निरीक्षक रामचन्द्र यादवका अनुसार आज बिहान ८ः१५ बजे देवानगन्ज–३ पाँचौँ सिमर माविको दक्षिणपट्टी स्थानीय रामविलास मेहताको घरबाट छाता बरामद गरिएको हो ।

‘बिहान बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको दुई पोका कालो छाता बरामद गरिएको छ,’ उनले भने, ‘कसको हो भन्नेबारे अनुसन्धान गरिरहेका छौँ । ल्याउने मान्छे पत्ता लागेको छैन ।’

यता, स्रोतले भने जसपाका कार्यकर्ताले चुनावका लागि एक लाख ९५ हजार रुपैयाँ बराबरको छाता नेपाल भित्र्याएको दाबी गरेको छ । स्रोतका अनुसार रामविलास मेहताले सुरुमा आफ्नो भनेर दाबी गरेपनि प्रहरीको केरकारमा आफ्नो नभइ वडाध्यक्षको भनी स्वीकारेका थिए ।

‘त्यो शतप्रतिशत वडाध्यक्षकै छाता हो, भोलि मनोनयनमा छातासहितको र्याली आयोजना गर्न ल्याइएको हो,’ स्रोतले भन्यो, ‘त्यसबाहेक मतदातालाई बाँड्ने योजना रहेको सुन्नमा आएको छ ।’

स्थानीय भीमनन्दन शर्माले भारतमा किनिएको एक हजार तीन सय थान छाता आइतबार नेपाल भित्र्याइएको भए पनि प्रहरीले चार सय ८० मात्र फेला पारेको र अरू लुकाइएको दाबी गरे । उनका अनुसार जसपाका बहालवाला वडाध्यक्ष अनिल भगतले कार्यकर्ता र मतदातालाई बाँड्न छाता भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याएका हुन् ।

छातासहित दुई जना भारतीयलाई पक्राउ परे पनि प्रहरीले उनीहरूलाई छोडिदिएको उनको दाबी छ ।

‘एक साता अघिदेखि करिब दुई लाख बराबरको छाता नेपाल भित्र्याउने तयारी रहेछ,’ उनले भने, ‘भोलि मनोनयन दर्ता गराउने दिन भएका कारण उहाँले आज सबै परिमाणका छाता भित्र्याउनु भएछ । सूचनाका आधारमा प्रहरी त आयो, तर सबै छाता बरामद हुन सकेन । धेरै लुकाइयो ।’

सोमबार दिउँसो देवानगन्ज–३ को वडाध्यक्षमा भगतले आफ्नो मनोनयन दर्ता गराउँदै छन् । यस्तै, भीमनन्दन शर्मा देवानगन्ज–३ को नेतृत्वका लागि नेकपा माओवादी केन्द्रबाट आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि माओवादी देवानगन्ज गापा कमिटी अध्यक्षसमेत रहेका शर्माले दाबी प्रस्तुत गरेका हुन् । शर्मा अघिल्लो निर्वाचनमा वर्तमान वडाध्यक्ष भगतसँग ८३ मतान्तरले पराजित भएका थिए ।

छाता बरामद भएको विषयमा वडाध्यक्ष भगतले आफू पूर्ण रूपमा जानकार नभएको बताए ।

‘हाम्रो चुनाव चिह्न छाता भएका कारण हामीले भित्र्याएको भनियो तर हाम्रो छाता होइन,’ उनले भने, ‘छाता बरामद भएको केही विषय थाहा पाएको छु तर कसको कति भन्ने थाहा छैन । अनि मैले भित्र्याएको भन्ने कुरा चुनावी रणनीति पनि हो । त्यो छाता मेरो होइन ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
९ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
१० घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
११ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
१३ घण्टाअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०