रमजान र मधुमेह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ चैत, २०७८
४ वर्षअघि
रमजान

मुसलमानहरूका लागि बर्षको सबै भन्दा पवित्र महिना रमजान नेपालमा सुरु भइसकेको छ ।

रमजानको पालना इस्लामको पाँचवटा स्तम्भ मध्ये एक हो । विश्वभरका मुस्लिमहरू पुरा महिना व्रत (रोजा) बस्छन् ।

कुरानमा वर्णन गरेअनुसार रमजानको पवित्र महिनाको अवधिमा ज्यान जोखिम बनाउन सक्ने दिर्घ रोगहरू जस्तो मधुमेह भएका केहि व्यक्तिहरू वाहेक सवै स्वस्थ्य व्यस्क मुस्लिमहरू रोजा बस्नु अनिवार्य हुन्छ ।

रमजान अवधिमा दिर्घ रोगीहरू जस्तो मधुमेह लगायत केहि व्यक्तिहरूलाइ रोजा बस्न छुट दिइएको भएतापनि धेरै मुस्लिम मधुमेह रोगीहरू पनि रोजा बस्ने गर्छन् ।

रमजानको महिनामा जिवन शैलीमा हुने परिवर्तन तथा मधुमेहको औषधि सेवनमा हुने परिवर्तनको कारण रोजले शरीरमा हुने मेटाबिलिजममा पनि गडबडि ल्याउँछ ।

त्यसैगरी मधुमेह विरामीमा हृदय, मिर्गौला र अन्य जटिलता हुदा मधुमेह रोगीहरूमा रोजा बस्दा जोखिम बढेर जान्छ । त्यसकारण सुरक्षित रोजा सुनिश्चित गर्नको लागी मधुमेह विरामीहरुले रोजा राख्नु अघि चिकित्सक र धार्मिक सल्लाह लिनुपर्ने विराट मेडिकल कलेज शिक्षण अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. अनिल यादव बताउँछन् ।

यस्ता छन् रोजा राख्दा हुने शारीरिक लाभहरूः
– शरीरको तौल कम हुने
– ग्लुकोज नियन्त्रण हुने
– बोसोको मात्रामा सुधार हुने
– रक्तचाप नियन्त्रण हुने
– प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने
– शरीर भित्रको विषाक्त पदार्थ बाहिर निस्कने

मधुमेह विरामीले रोजा राख्नु हुदैन । मधुमेह विरामीले चिकित्सकको सल्लाह अनुसार रोजा राख्न मिल्छ । रोजा बस्ने निर्णय गर्नु भन्दा ६ देखि आठ हप्ता अगाडी चिकित्सक र धार्मिक सल्लाहको अधारमा जोखिमको मुल्याङ्कन गरेर रोजा बस्दा हुने जोखिम कम गर्न सकिन्छ ।

रमजानको समयमा मधुमेह बिरामीहरूमा हुने जोखिमहरूः
– रगतमा ग्लुकोजको अत्याधिक मात्रा कम हुनु (हाइपोग्लाइसेमिया)
– रगतमा ग्लुकोजको अत्याधिक मात्रा बढी हुनु (हाइपरग्लाइसेमिया)
– शरीरमा पानीको मात्रा अत्याधिक कम हुनु (डिहाइड्रेसन)
– टाइप १ मधुमेह विरामीहरूको रगतमा एसिड जम्मा हुनु


मधुमेह बिरामी र पारिवारिक सदस्यहरूले राख्नुपर्ने जानकारी :
– स्वस्थ्य पोषण
– नियमित व्ययाम
– औषधि र मात्राको समायोजन
– नियमित ग्लुकोजको जाँच
– रगतमा अत्यधिक कम ग्लुकोज हुदा देखिने लक्षणहरू
– रोजा तोड्न मिल्ने अवस्था

शरीरलाइ दैनिक आवश्यक पर्ने क्यालोरीलाई सेहरी र इफ्तारको बीचमा सही मात्रामा विभाजन गरी सेवन गर्नुपर्छ । अत्यधिक फाइबरयुक्त खाना, फलफूल, तरकारी र सलाद प्रशस्त मात्रामा खाने, सूर्यास्त र सूर्योदयको बीचमा प्रशस्त तरल पदार्थ पिउने गर्नुपर्छ । यस्तो बेलामा गुलियो तरल पदार्थ, मिठाइ तथा क्याफिनयुक्त तरल पदार्थको सेवन गर्नुहुँदैन ।

रोजाको समयमा कठोर व्यायाम गर्नुहुदैन । कठोर व्यायामले रगतमा ग्लुकोजको मात्रामा अत्याधिक कमि हुनुको साथै शरीरमा पानीको मात्रा पनि अत्याधिक कम हुन सक्छ । रमजानको बेला औषधिको मात्रा, समय वा औषधिको प्रकार समायोजन तथा परिमार्जनको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह गर्न जरुरी हुन्छ ।

मधुमेह बिरामीहरू ‍खानेकुरा तथा औषधिको समुचित प्रयोग बारे शिक्षित नभएमा रोजा राख्ने अवस्थामा विभिन्न प्रकारका जोखिमहरूमा हुन्छन् । बिरामीहररूले ‍औषधि वा इन्सुलिन प्रयोग गरिरहेका हुन्छन् जसले हाइपोग्लाइसेमिया वा हाइपरग्लाइसेमिया निम्त्याउँन सक्छ ।

पसिना आउनु, चक्कर लाग्नु, हृदयको गति बढनु रगतमा ग्लूकोजको मात्रा अत्यधिक कमि वा हाइपोग्लाइसेमिया हुदाको लक्षणहरू हुन् । यसबाहेक बिरामीलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने आदि पनि हुनसक्छ । रगतबाट ग्लूकोज परिक्षण गर्दा र इन्सुलिन इन्जेक्सन लिदा रोजा टुट्दैन ।

रगतमा ग्लुकोजको मात्रा <७० एमजी/डिएल (३.९ एमएमओएल/एल) भएमा, रगतमा ग्लुकोजको मात्रा >३०० एमजी/डिएल (१६.७ एमएमओएल/एल) भएमा वा अस्वस्थ महसुस भएमा रोजा तोड्न मिल्छ ।

प्रकाशित समय: बिहिबार २४ चैत, २०७८, ११:१८:३०

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०